Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

जापानबाट मात्रै ५० करोडको अपेक्षा,

टोकियो – “कुरा धेरै र काम थोरै” को आरोप खेप्दै आएका एनआरएनहरुलाई अब भने साँच्चिकै मुलुकमा लगानी भित्र्याएर देखाउन देशभित्र र बाहिरबाट नैतिक दबाब पर्न थालेको छ । उसो त राज्यले लगानीको वातावरण तयार गर्न नसकेको दोष लगाएर आफ्नो जिम्मेवारीबाट पन्छिदैं आएका एनआरएनहरुलाई अब त सरकारले नै सन् २०१२ लाई लगानी बर्षको घोषणै गरेर काम गरेर देखाउन तालाचापी नै हातमा थम्याईदिएको अवस्था छ । बिश्लेषकहरु यसलाई एनआरएनहरुका लागि एक प्रकारको दबाबकोरुपमा चित्रण गर्न थालेका छन् ।

बिदेशमा रहेको श्रम, सीप र पूँजी मात्र नभएर ज्ञान र प्रविधिलाईसमेत मुलुकमा भित्र्याएर देश निर्माणमा उपयोग गर्ने मुलभुत उद्देश्य लिएर बिश्वब्यापी सञ्जाल बिस्तारकोक्रममा रहेको एनआरएन अभियानका उच्चस्तरिय टोली अहिले सामुहिक लगानीका लागि आह्वान गर्दै बिभिन्न मुलुकहरुमा भ्रमणरत छ । अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा सँस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षकद्वय भीम उदास, रामप्रताप थापा, उपाध्यक्षद्वय क्याप्टेन हितमान गुरुङ र रामेश्वर शाह, महासचिव तेञ्जि शेर्पा, प्रवक्ता डा. हेमराज शर्मालगायतका एनआरएन नेताहरु युरोपको भ्रमणपछि केहि साता अघिमात्र नेपाल सरकार तथा बिभिन्न राजनैतिक दलका नेताहरुसंग एनआरएनसंग सम्बन्धित बिभिन्न बिषयमा भेटवार्ता गरेका थिए । लगत्तै मध्यपूर्वी मुलुकहरुका एनआरएनहरुकाबीच पुगेका उनीहरुले सामुहिक लगानीको अब गाडि स्टार्ट भईसकेको र गुड्न मात्र बाँकी रहेकोले लगानीको यात्रामा नछुट्न उदघोष गर्न समेत भ्याएका छन् ।

बिगतदेखि थाँती रहेको सामुहिक लगानीको बिषयलाई घनिभूतरुपमा उठाएर वर्तमान नेतृत्वले कार्यान्वयनकै तहमा उतार्ने गरी भईरहेको गृहकार्यलाई हेर्दा अब भने एनआरएनहरुले नेपालमा केही गर्ने हुन कि भन्ने प्रवासी नेपाली समुदायकाबिच नयाँ तरंग उत्पन्न भएको छ । बन्दै गरेको माहौललाई समयमै उपयोग गर्दै अभियानको पक्षमा उचित निर्णयको गोल हान्न भने एनआरएन अभियान्ताहरु कति सफल हुने हुन् त्यो भने हेर्न बाँकी छ ।

यसैबिच एनआरएनको उच्चस्तरिय टोली यसै महिनाको अन्तिम साता जापान आउने भएका छन् । जापानबासी नेपालीहरुलाई सामुहिक लगानीमा सहभागिताका लागि अपिल गर्न अध्यक्ष लामिछाने, सँस्थापक अध्यक्ष डा. महतो, डा. बद्रि केसी, कृष्ण पाण्डेलगायतका एनआरएन नेतृत्वको टोली आउँदो मार्च २७ मा टोकियो आउने बताईएको छ । एनआरएनहरुको सामुहिक लगानीमा नेपालमा हाइड्रो प्रोजेक्ट सञ्चालन गर्न स्वयम एनआरएन अध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा सामुहिक लगानी सम्बन्धि कार्यदल गठन गरिएको छ । सो कार्यदलको सहसंयोजक (एशिया प्यासिफ़िक) मा भने जापानबाट ब्यवसायी महेशकुमार श्रेष्ठ रहेका छन् ।

एनआरएन अभियानमा बिगतदेखि नै जापानको अहम भूमिका रहँदै आएको सन्दर्भमा सामुहिक लगानीको क्षेत्रमा पनि जापानले अग्रता लिने सहसंयोजक श्रेष्ठ बताउँछन् । “जापानका नेपालीहरु अब लगानीका लागि तयार छन्, उनीहरुले अग्रमोर्चामा रहेर लगानी गर्नेछन् सकेसम्म धेरै नेपालीहरुलाई समेट्न सकियोस् भनेर क्षमताअनुसार न्यूनतम १ लाखदेखि अधिकतम १ करोडसम्म लगानी गर्न सकिने प्रावधान राखिएको छ । यस यात्रामा उत्साहबर्द्धक नेपालीहरुको सहभागिता रहने आधार बन्दै गएको छ, यसरी हेर्दा जापानबाट मात्र ५० करोड रुपैंया उठ्ने अपेक्षा गरिएको छ’- श्रेष्ठले भने ।

सामुहिक लगानी प्रबर्द्धनका लागि जापान आउने एनआरएनको उच्चस्तरिय टोली र जापानका लगानीकर्ताहरुबिच आउँदो मार्च २८ तारिख बुधबार अपरान्ह टोकियोको सिनओकुबोमा  “सामुहिक लगानी”  सम्बन्धि सेमिनार हुने भएको छ, जसलाई अत्यन्त महत्वपूर्णरुपमा हेरिएको छ, उक्त सेमिनारमा उपस्थित भई सामुहिक लगानीको यात्रामा सहभागी हुने अवसर नगुमाउन पनि हाम्रो विनम्र अनुरोध छ’ – सेमिनार आयोजनामा संयोजनकारी भूमिका निर्वाह गरिरहेका सहसंयोजक श्री श्रेष्ठले भने । कार्यक्रम सिनओकुबोस्थित जापान लूथरन चर्चको सभाहल (०३-३२०९-५७०२) मा अपरान्ह ३ बजेदेखि हुने भएको छ । तत्सम्बन्धि थप जानकारीका लागि ०९०-९३६६-४४८० मा सम्पर्क गर्न सकिने बताईएको छ । ***

जलबिद्युतमा नै लगानी किन ? 

सामुहिक लगानीबारे के भन्छन कतारबासी नेपालीहरु ?

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया