Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

दोहा/  बिश्वभर छरिएर रहेका मगरहरुले मगर दिवस भब्यरुपमा मनाउने क्रममा कतारमा पनि नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा ३० औं मगर दिवस केन्द्रिय समितिका सदस्य खिमबहादुर रानामगरको संयोजकत्व तथा केन्द्रिय समितिका अध्यक्ष भिम तरामु मगरको सभापतित्व र महासचिव शरण थापामगरको सञ्चालनमा मार्च ९ तारिखका दिन समाल पब्लिक गार्डेनमा ९०० भन्दा बढीको जनमानसबिच मनाईएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष मानबहादुर साँवा लिम्बू, बिशिष्ट अतिथिहरुमा मगर संघका प्रमुख सल्लाहकार देबबहादुर रानामगर र एनआरआइसीसीका सचिव टि. बी. कार्की र अतिथिहरुमा किराँत याक्थुङ चुम्लुङ कतारका चन्द्र सिगू लिम्बू, तमु बौद्ध सेवा समिति शाखा कतारका महासचिव खेम गुरुङ, नेपाल प्रवासी तामाङ समाज कतारका सल्लाहकार तथा तामाङ समाज डट् कमका सञ्चालक विनेश तामाङ, प्रवासी सुनूवार सेवा समाज कतारका अध्यक्ष रामबहादुर सुनूवार, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार द्रोण बस्नेत, देउखुरी सेवा समाज दाङका अध्यक्ष गणेश बञ्जाडे, प्युठान सेवा समाजका अध्यक्ष छबिलाल बि. क., बौद्धिक अपाङ्ग संघका महासचिव दिपक निरौला, नेपाल मगर महिला संघ बुटवलका पुर्व उपाध्यक्ष रुकमाया आलेमगर, नेपाल प्रवासी मगर संघ कतारका संस्थापक सदस्य तथा केन्द्रिय समितीका सल्लाहकार सदस्य नारायण रानामगर, संस्थापक सदस्यहरु लोकेश गाहामगर र थिर ब. ल्हायोमगर, सल्लाहकार सदस्यहरु छत्र ब. घलेमगर, जनक थापामगर, तिलक घर्तीमगर, मनिराज पुनमगर, मगर ब्यबसायी हरी पुनमगर, दोहा एरिया समितीका केशर लुंगेलीमगर, सनैयाँ-ए एरिया समितीका बिर ब. मगर, सनैयाँ-बी एरिया समितिका बीरबहादुर. मगर लगायतका हुनूहुन्थ्यो।

अतिथिहरुको आसनग्रहण पश्चात् कार्यक्रमका प्रमुख अतिथि र सभापतिद्वारा संयुक्तरुपमा ब्यानर अनावरण गर्नुभएर कार्यक्रमको उदघाटन गर्नुभएपछि नेपालका प्रथम शहीद लखन थापामगरको बिशेष सम्झना गर्दै र अन्य सम्पूर्ण देशभक्त ज्ञात अज्ञात सहिदहरुप्रति सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो। कार्यक्रमकै शिलशिलामा फागुन २ मा समय अभावको कारणले लखन दिवस मनाउन नभ्याएकोले उहाँको बिशेष सम्झना र सम्मान गर्दै उहाँको तस्विरमा फुल मालाले माल्यार्पण गरिएको थियो। त्यसपछी राष्ट्रियगान र मगर गान गाईसकेपछी संस्थाका द्वितीय उपाध्यक्ष शेरबहादुर रोकामगरद्वारा स्वागत मन्तव्य तथा कार्यक्रम बारे जानकारी दिनुभएको थियो। त्यसपछी बिशिष्ट अतिथी देवबहादुर रानामगर र प्रमुख अतिथी मानबहादुर साँवा लिम्बुले शुभकामना मन्तव्य दिनुभएको थियो। उहाँहरुले मन्तव्यको क्रममा मगर दिवस मनाउन ब्यापक उपस्थिति भएकोमा खुशी ब्यक्त गर्दै बिगतमा एकात्मक ब्यवस्थाले हामी नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुमा पारेको नराम्रो असरबारे प्रष्ट पार्नुभएको थियो। त्यसपछी अक्टोबर १३ देखि १५ सम्म काठमाण्डौंमा भएको NRNA-ICC को पाँचौं बिश्व सम्मेलनबाट सचिव पदमा निर्वाचित हुनूभएका टि. बी. कार्की, मध्यपुर्व संयोजकमा निर्वाचित हुनूभएका नरेन्द्र भाट र कतार प्रतिनीधीमा निर्वाचित हुनूभएका अजिजूर रहमान शेषलाई बधाई तथा शुभकामना पत्र प्रदान गरिएको थियो।

कार्यक्रम अघि बढ्ने सिलसिलामा कार्यक्रमको रुप परिवर्तन गर्दै खाजा खाएपछि डोरी तान्ने, ठेलो फाल्ने, हाँडी फोर्ने (महिला मात्र), डौड प्रतियोगीता (मगर संघको सदस्यता लिएका पुरुष मात्र) जस्ता खेलकुद प्रतियोगिता गरिएको थियो। उक्त खेलहरुमा डोरी तान्नेमा १३ टिम मध्ये प्रकाश गुरुङ, शिब गुरुङ, कुमार पुन, सोम भुजेल र समिर तामाङ रहेको टिम विजयी भएको थियो भने ठेलो फाल्नेमा १७ जना मध्ये जिवन थापामगर, त्यस्तैगरी हाँडी फुटाउनेमा ११ जना मध्ये रञ्जिता तामाङ र डौडमा १३ जना मध्ये प्रथम बलराम रानामगर र द्वितीय शिव बुढामगर हुनूभएको थियो। त्यसबिचमै खाना खाँदै मारुनी, कौडा, लगायत बिभिन्न मगर संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गरिनुका साथै बिभिन्न कमेडी, आधुनिक र चलचित्रका गीतहरुमा नाचेर कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गरेका थिए। बिशेषत उक्त कार्यक्रममा प्रस्तुत गीतहरुमा भुपेन्द्र रिखाम मगरले नृत्य निर्देशन गर्नुभएको थियो भने आकर्षक रुपमा बबिन राईले पोष्टेकी आमा बोलको गीतमा पेट मिचीमिची हाँस्न बाध्य बनाउनुभएको थियो। ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया