Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – सामुहिक लगानीको वातावरण निर्माण गर्ने अभियान अन्तर्गत  बिभिन्न मुलुकहरुको भ्रमणका क्रममा युएईको दुबई पुगेका गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेले त्यहांका नेपालीहरुलाई नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन ।

सो अवसरमा उनले सानो पुँजी हुनेहरुका लागि कम्तीमा १ लाखदेखि र बढीमा १ करोड सम्मको लगानी गर्न सकिने बताए। १ लाखभन्दा कम हुनेहरु भने समूहमा मिलेर लगानी गर्न सकिने उनले बताए । जलविद्युतमा लगानी गरेपछि डुब्ने सम्भावना हुँदैन त्यसैले ढुक्क भएर लगानी गर्न उनले जोड दिए ।

यूएईको दुवईमा एनसीसी यूएईले आयोजना गरेको सामुहिक लगानीको बारे छलफलमा उनले भने-  “अहिले विश्वमा झण्डै ६० लाख नेपालीहरु छरिएर रहेका छौं । मध्यपूर्वमा मात्र ३० लाखको संख्यामा पुगिसकेको छ । यति ठूलो जनसमुदाय भएको क्षेत्रबाट सानो सानो पुँजी एकीकृत गर्न सकियो भने नेपालमा चाहे सामाजिक क्षेत्रमा होस् या विकासका क्षेत्रमा केही काम गर्न सकिन्छ भन्ने उद्देश्यले सामूहिक लगानीको कार्य थालनी भएको हो । २०१२- २०१३ लाई सरकारले लगानी वर्षको रुपमा छुट्टाएको अवस्थामा कम्तीमा पनि ५० प्रोजेक्ट ल्याउन सरकारले पनि एनआरएनसँग अनुरोध गरेको छ । अहिले सरकारले देशमा विदेशी लगानी भित्राउन निकै नै लचकता देखाएको प्रष्ट छ ।”  उनले भने- “पहिलो प्रोजेक्ट भनेर हाईड्रो पावरलाई चुनेका छौ । बिजुली छैन भने ठुला ठुला विकासका कार्यहरु हुँदैन । तपाईले कमाएको सानो पैसा वास्तवमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुभयो भने यसले देशको विकासमा सयहोग हुने र ठुलो लगानी गर्ने साथीहरुको विचमा मैले पनि लगानी गरेको छु भन्ने स्वामित्व बोध पनि हुने छ ।”

युरोपका विभिन्न देशको भ्रमणपछि लामिछाने कतार हुँदै दुवई आइपुगेका हुन् । आधा घण्टा लामो आफ्नो प्रस्तुतिमा जलविद्युतमा लगानी गर्दा हुने फाइदाको बारेमा उनले प्रष्टाएका थिए ।

एनआरएन समुदायमा लगानीमैत्री वातावरण निर्माण गर्न अध्यक्ष लामिछानेसहित संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको टोली यही मार्च महिनाको अन्तिम साता जापान पनि आउने भएका छ्न । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया