Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – थकाली सेवा समिति टोकाई जापानले थकाली जातिको परम्परा अनुसार कन्या कुवरले पूजापाठका साथै विभिन्न कार्यक्रम गरी फागु पुर्णिमा (तोरण ल्हा) भब्य रुपमा मनाए मनाएको छ ।

शनिबार आइची केनस्थित मिकावा टोयोटाको एक नेपाली रेस्टुरेन्टको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ जापानका सहअध्यक्ष जिग्मे शेर्पा थिए भने अतिथिहरुमा नेपाल मगर संघ टोकाई जापानका श्याम राना मगर, शेर्पा संघ जापानका पासाङ्ग शेर्पा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रमको संचालन थ.से.स. टोकाई जापानका सचिव योगेन्द्र शेरचनले गरेका थिए भने सभापतित्व समितिका अध्यक्ष चन्द्र शेरचनको रहेको थियो । थकाली जातिको परम्परा अनुसार कन्या केटि मन शेरचन र कुवर केटा प्रकाश तुलाचन ले पूजा पाठ गरेका थिए ।

कार्यक्रमको बारेमा समितिका सल्लाहकार बिरेन्द्र शेरचनले पारेका थिए भने मन्चमा आसिन सबैले कार्यक्रमको पूर्ण सफलताको शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथि शेर्पाले शुभकामना दिने क्रममा आदिवासी जनजातीहरुको हरेक पर्बहरुको संरकक्षण सरकारी तहबाट हुनुपर्नेमा जोड दिएका थिए ।

अन्तमा सभापति शेरचनले सबैलाई धन्यवाद व्यक्त गर्दै पहिलो चरणको कार्यक्रमको समापन गरेका थिए र दोश्रो चरणमा प्रवेश गर्दै स्थानीय चर्चित कलाकारहरुले नेपाली लोकभाका तथा विभिन्न गीत संगीतसँगै नाचगान गरी रमाइलो गरेका थिए ।

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया