Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – जापानको टोकियोमा रहेको नेपालीहरुको सामाजिक संस्था “We for All” ले यही ११ मार्च २०१२ का दिन आयोजना गर्न लागेको सम्मान् एवम् भूकम्प र सुनामीको स्मरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष सरोजकुमार खत्रीले विज्ञप्ति जारी गर्दै टोकियोको Museum of Contemporary Art को हलमा दिउँसो ठीक १ बजेबाट सञ्चालन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र उक्त कार्यक्रममा उपस्थित हुन जापानबासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु, जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् विभिन्न मिडियाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ ।

उक्त कार्यक्रममा अलिसा दुवाडीको सहयोगकर्ताहरु, एनआरएन आइसीसीमा जापानबाट प्रतिनिधित्व गर्नुहुने सदस्यहरु, जापानमा हालै भएको किक बक्सिङका बिजेता मोहन महर्जन लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिने बताइएको छ ।

त्यसैगरी विज्ञप्तिमा भनिएको छ- “यस कार्यक्रमको सहभागिताको लागि जापानमा भएका सम्पूर्ण मिडिया, जापानमा हुनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुमा विभिन्न माध्यमबाट निमन्त्रणा पठाइसकिएकोमा यदि विभिन्न कारणले उक्त निमन्त्रणा प्राप्त गर्न छुट्नुभएकाहरुलाई यसैलाई निमन्त्रणा मानी उक्त कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौँ । जापानमा व्यस्त समयका कारण पनि यस संस्थाले गर्न लागेको उक्त कार्यक्रममा सहभागिता जनाई हामीलाई समाज सेवाको कार्यमा अझ प्रेरित गर्नु हुनेछ भन्ने आशाका साथ उक्त कार्यक्रममा पुनः आमन्त्रण गर्दछौं ।”

कार्यक्रम सम्बन्धित जानकारी

मितिः ११ मार्च, २०१२ आइतवार

समयः दिउँसो १ बजे (ठीक समयमा नै कार्यक्रम सुरु हुनेछ)

स्थानः Museum of Contemporary Art को हल, Tokyo-To, Koutoku-Ku, Miyoshi 4-1-1

फोनः 03-5245-1133

जाने तरिकाः Hanzomone Line Koyosumi Shirakawa Station, Exit B2, पैदल ५-७ मिनेट

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया