टोकियो – जापानको पहिलो सस्तो भाडाको बिमान कम्पनी (LCC) पीच एभिएशनले यहि मार्च ९ तारिख देखि २५ तारिखसम्म बिशेष सहुलियत भादादरमा ओसाका-साप्पोरोको हवाईटिकट उपलब्ध गराउने भएको छ । यहि मार्च १ तारिखदेखि ओसाका-साप्पोरो रुटबाटै आफ्नो सेवा शुरु गरेको उक्त बिमान कम्पनीले ओसाकादेखि फुकुओकाको लागि पनि सस्तो भाडादरको उडान शुरु गरेको छ । पीच एभिएशनले हाललाई साप्पोरोको सिन चिथोसे बिमानस्थलको लागि दैनिक ३ वटा र फुकुओकाको लागि ४ वटा दुइतर्फी उडान भर्ने कुरा कम्पनीको प्रेस बक्तब्यमा जनाइएको छ । उक्त बिमान कम्पनीले आगामी गृष्म ऋतुसम्ममा थप ५ रुटमा आफ्नो उडान भर्ने योजना रहेको बताएको छ । जसअन्तरगत ओसाका-नागासाकी, ओसाका-खागोसिमा, ओसाका-ओकिनावा (नाहा), ओसाका-हङकङ र ओसाका-ताइवान (ताओयुआन) रहेका छन् । ओसाका-नागासाकीको उडान यहि मार्च २५ तारिख देखि शुरु गर्ने जनाइएको छ भने ओसाका-खागोसिमाको उडान अप्रिल १ तारिख देखि शुरु गर्ने भएको छ । यी दुबै रुटको लागि दैनिक २ वटा दुइतर्फी उडान रहने पनि कम्पनी श्रोतले सार्बजनिक गरेको छ ।
पछिल्लो समयमा बढ्दै गएको सस्तो भाडादरको बिमान कम्पनीहरुले बिशेषगरी एशियाको बजारमा राम्रै प्रभुत्व जमाइरहेको परिस्थितिमा यस क्षेत्रका साधारण भाडादरका बिमान कम्पनीहरुको लागि भने दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको बिश्लेषकहरुको भनाई रहेको छ । ***