Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – करिब २० हजार जनाको ज्यान जाने गरी गत मार्च ११ मा आएको महा-भूकम्प तथा सुनामीको एक बर्ष पुग्न अब केही दिन मात्र बाँकी छ । उक्त दुखद दुर्घटनाको सम्झनामा आगामी मार्च ११ तारिखका दिन जापानभरी बिभिन्न कार्यक्रमहरूको आयोजना गरिने भएको छ । यसै शिलशिलामा कानागावा अन्तरराष्ट्रिय फाउन्डेशनले उक्त बिपत्तीको समयमा बिदेशी समुदायले गरेको बिभिन्न किसीमको सहयोगहरूको परिचय गराउने उदेश्यले एक फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गर्ने भएको छ ।

ए बी सी जापान नाम गरेको एनपीओ र एन आर एन जापान सह-आयोजक रहेको सो फोटो प्रदर्शनी कार्यक्रममा नेपालको तर्फबाट पनि २० भन्दा बढी फोटोहरू प्रदर्शनीमा राखिने एन आर एन जापान राष्ट्रिय समन्वय समिति सदस्य तथा उक्त कार्यक्रममा एन आर एन जापानको तर्फबाट बिभिन्न भूमिकाहरु निभाइराख्नु भएकी यसोदा बस्नेत थापाले समुद्रपारी डट कमलाई जानकारी दिनुभयो ।

सो अवसरमा गत मार्च ११ को प्राकृतिक बिपत्तीबाट अती प्रभाबित क्षेत्रमा गइ त्यहाका जापानीहरू प्रति जापानबासी नेपालीहरूले देखाएको माया, सदभाब तथा सहयोगहरू संग सम्बन्धित तस्बिरहरू प्रदशनीमा राखिनेछन । सो प्रदर्शनी यहि मार्च १० तारिख शनिबार र ११ तारिख आइतबार गरी २ दिन बिहान १० बजेदेखी दिउसो ४ बजेसम्म कानागावा केनमिन सेन्टरमा आयोजना गरिने भएको हो । जसमा ब्राजिलको तर्फबाट पनि २० वटा तस्बिरहरू प्रदर्शनीमा राखिने जनाइएको छ । उक्त प्रदर्शनीमा आइदिनुहुन समस्त जापानबासी नेपाली समुदायमा आयोजकहरूले हार्दिक आमन्त्रण गरेका छन ।

स्मरण रहोस, गत मार्चको उक्त भुकम्प तथा सुनामीबाट प्रभाबित क्षेत्रहरू मियागी, फुकुसिमा र इवातेसम्म गई जापानबासी नेपालीहरूले जापानीहरूलाई खाना खुवाउने तथा बिभिन्न उद्धार सामाग्रीहरूको बितरण कार्य सम्पन्न गरेका थिए । जसको लागि अधिकांश जापानबासी नेपालीहरूले संस्थागत तथा ब्यक्तिगत रुपमा आर्थिक, भौतिक तथा नैतीक सहयोग पुर्‍याएका थिए ।

फोटो प्रदर्शनी सम्बन्धी बिस्तृत जानकारी:
कार्यक्रम : भूकम्प र सुनामीमा जापानबासी बिदेशी समुदायले गरेको सहयोग कार्य सम्बन्धी फोटो प्रदर्शनी
मिती : २०१२ मार्च १० र ११ तारिख
समय : बिहान १० बजेदेखी दिउँसो ४ बजेसम्म
स्थान : कानागावा केनमिन सेन्टर चौथो तल्ला, कोठा नं ४०६ (दोश्रो तल्लामा कार्यक्रमको प्रोमोशन बुथ राखिनेछ)
जाने तरिका : योकोहामा स्टेशनको कितानिसी गुची (उत्तर-पश्चीम ढोका) बाट करिब ५ मिनेट पैदल
सम्पर्क फोन : ०४५-६२०-०११

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया