Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

“अरुले गर्दैनन् भने, हामी गरौं न त”

 टोकियो – सूचना र प्रविधिको क्षेत्रमा नेपाल पछाडि छैन । तर यसको भरपुर उपयोग गर्न नसकेकैले हामीले बिकासको फड्को मार्न नसकेका हौं । बिकासको पूर्वाधार सूचना र प्रविधि भएकोले यसको पहुँच नेपालमा अन्य क्षेत्रमा भन्दा अगाडि भएपनि सोही अनुपातमा बिकास र परिवर्तन हासिल गर्न सकेका छैनौ ।

राजनैतिक स्थिरताबिना बिकासका कामहरु अगाडि बढाउन संभव छैन, त्यसका लागि मुलुकमा राजनैतिक क्षेत्रमा ब्यापक सुधार हुन आवश्यक छ । बिद्यमान राजनैतिक अस्थिरताको बावजुद पनि हामीले १३ वटा जिल्लाको १३० वटा सुदुर गाऊँबस्तीहरुमा वायेरलेस इन्टरनेट सञ्जाल बिस्तार गरिसकेका छौं । अब छिट्टै नै नवलपरासी र लम्जुङ जिल्लाका विकट गाऊँहरुमा काम शुरु गर्ने योजना छ । दुरदराजका बस्तीहरुलाई जतिसक्दो छिटो सूचना र प्रविधिसंग जोड्न सकिन्छ त्यति नै छिटो बिकास निर्माणका कामहरु सम्भव छ । सूचना र प्रविधिको पहुँच सर्वसाधारणसम्म पुरयाउने हाम्रो अभियान निरन्तर जारी छ, यसका लागि बिभिन्न जिल्लाहरुबाट आवश्यक बजेटसहित काम गरिदिन प्रस्तावहरु आईरहेको अवस्था हो ।

मुलुकको आर्थिक समृद्धिका लागि सूचना र प्रविधि अत्यन्त महत्वपूर्ण पाटो भएकोले यसको बिस्तारका लागि प्रवासमा रहेका नेपालीहरुको पनि सहकार्य हुनु जरुरी छ । त्यसैले मैले प्रवासी नेपालीहरुलाई दुर्गम गाउंहरुमा वायेरलेस इन्टरनेट बिस्तारका लागि मासिक १ डलर प्रोजेक्ट प्रस्ताव गरेको हुँ । यो प्रोजेक्टलाई स्वदेशमा लगानी र प्रविधि भित्र्याउने भनेर चर्को नारा लगाउने एनआरएनसंग प्रस्ताव गरेको भएपनि उसले यो बिषयलाई गम्भीरतापूर्वक लिन चाहेन । एनआरएनकाअनुसार २५, ३० लाख नेपालीहरु बिदेशमा छन् ती सबैबाट संभव नभए पनि न्यूनतम पनि संसारभरिका ५० हजार नेपालीहरुबाट मासिक १ डलरका दरले मुलुकको सूचना र प्रविधिका लागि तिर्न तयार हुने हो भने हरेक महिनामा ३५, ४० लाख रुपैंया जम्मा हुन सक्ने र त्यसबाट प्रतिमहिना एउटा जिल्लाका दरले नेपालमा सूचना र प्रविधिको क्षेत्रमा बिकास गर्न सकिन्छ ।  एनआरएनले नेपालप्रति त्यति धेरै माया देखाएर पनि काम गर्न नसकेकै हो र मान्छेको मन जित्न नसकेकै हो । ३० लाख नेपालीबाट ५० हजार जना मात्र यो प्रोजेक्टका लागि तयार बनाउन सक्ने हो भने हरेक महिनामा एउटा जिल्ला बनाउन सकिन्छ, यो कुरा सबैले बुझ्न जरुरी छ, तर ढिला भएको छैन । समय आएपछि कुरोको चुरो थाहा हुने नै छ ।

बिश्व बैंकले सन् २००८ मै मुलुकको दुर्गम जिल्लाहरुमा सूचना र प्रविधिको बिकासका लागि भनेर अनुदानकारुपमा दिएको २५ मिलियन डलर र नेपालका ३८ जिल्लामा ग्रामीण दुरसञ्चारका लागि युनिभर्सल फण्डमा जम्मा भएको ३ अरव रुपैंयाबाट बिभिन्न कालखण्डमा बिभिन्न सरकारहरु आए, गए तर सिन्को भाँच्ने काम भएको छैन, त्यो बजेट नियम-उपनियम जस्ता बिभिन्न बाधा अड्चन तेर्स्याएर सरकारले खर्च गर्न दिएको छैन । यसरी सरकारले गरेन भनेर सरकारको मात्र मुख ताक्ने हाम्रो सँस्कार गलत छ । सरकारले गरेन त के भो ? हामीले गर्दै जानुपर्छ । त्यसरी नै बाहिर बस्नेहरुका हकमा पनि एनआरएनले गरेन भने हामीले गर्न छोड्नु भएन । अरुले काम गर्दैनन् भन्दैमा आफुले काम गर्न छोड्नु भएन ।

अहिले गाउँ गाउँमा आईटीको महत्वबारे मानिसहरु अत्यन्त जागरुक छन् । गाबिसहरुले पाउने २० लाख बजेट धेरैजसो गाबिसमा वायेरलेस ईन्टरनेट जडानमै खर्च गरिरहेको अवस्था छ । यसरी हेर्दा नेपालमा सूचना र प्रविधिको क्षेत्रमा चामत्कारिक बिकास हुन त्यति धेरै समय लाग्ने देखिदैन । हरेक क्षेत्रमा अगुवाई गर्ने मान्छेको मात्र अभाव हो, बिदेशमा पनि कसैले अग्रसरता देखाएर संयोजन गर्ने हो भने जन्मभूमिका लागि मासिक १ डलर तिर्न धेरैजसो नेपालीहरु तयार देखिन्छन् । मलाई लाग्छ सबैको साझा सँस्था हुन चाहेको हो भने यसको अग्रसरता एनआरएनले लिनुपर्दछ ।

छोटो निजी भ्रमणको सिलसिलामा जापान आएका मारोन म्यागासेसे पुरस्कार-२००७  विजेता डा. महावीर पुनको सम्मानमा आज टोकियोमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा. पुनले उक्त भनाईहरु राखेका हुन ।

नेपाल मगर संघ टोकियो जापानद्वारा आयोजित “मुलुकको आर्थिक समृद्धिमा सूचना र प्रविधिको महत्व” बिषयक सन्ध्याकालिन भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा तामाङ समाज जापानका अध्यक्ष सुकमान थिङ तामाङ, जेएमईका कार्यकारी प्रमुख डिपि अर्याल, न्यू आईटी भेञ्चरका प्रतिनिधि राम पौडेल, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, नेपाल मगर संघ टोकियो जापानका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार गमप्रसाद जुग्जाली मगर, नेपाल जापान डट कमकी नारायणी आचार्य लगायतले प्रस्तुत बिषयमा आ-आफ्ना धारणासहित जिज्ञासाहरु राखेका थिए ।

सँस्थाका अध्यक्ष शैलेन्द्रविक्रम थापा मगरको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष गोविन्द डम्मरपाल मगरको स्वागत मन्तब्य रहेको थियो भने अर्का उपाध्यक्ष तारा आले मगरको सञ्चालन रहेको थियो । कार्यक्रमको प्रारम्भमा डा. महावीर पुनलाई आयोजक सँस्थाको तर्फबाट सल्लाहकार गमप्रसाद जुग्जाली मगरले फूलको गुच्छाले र उपाध्यक्ष गोविन्द डम्मरपालले खादार्पण गरी स्वागत सम्मान गरेका थिए । अन्तमा, सभापति शैलेन्द्र थापा मगरले छोटो सूचनाको आधारमा पनि कार्यक्रम प्रभावकारी बनाउन संभव तुल्याईदिएकोमा सबैलाई धन्यबाद ज्ञापन गर्दै मासिक १ डलर अभियानलाई जापानब्यापीरुपमा अगाडि बढाईने प्रतिबध्दता जाहेर गरे ।

कार्यक्रमपश्चात डा. महावीर पुनको “दुर्गम बस्तीहरुमा वायेरलेस ईन्टरनेट बिस्तारका लागि मासिक १ डलर” अभियानलाई स्वागत गर्दै नेपाल मगर संघ जापानका अध्यक्ष शैलेन्द्रविक्रम थापा मगरको संयोजकत्वमा मासिक १ डलर अभियानलाई जापानब्यापीरुपमा अगाडि बढाउने प्रतिबद्धता जाहेर गरियो र सोहीअनुरुप रकम संकलन कार्यको पनि शुभारम्भ गरियो । कार्यक्रममा आयोजक सँस्थाद्वारा सहभागीहरु सबैलाई रोजिना रेष्टुरेन्टको स्वादिष्ट नेपाली भोजनले स्वागत गरिएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया