Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – बिभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान तथा रोजगारीका लागि जापानमा रहेका मनाङ जिल्लाबासीहरु आपसी हित र जिल्लाका लागि क्रियाशील रहने उद्देश्यले मनाङ सोसाईटी जापानको गठन गर्दै संगठित भएका छन् । शनिबार साँझ टोकियो गोतान्दास्थित माया भोजनालयमा भएको मनाङेहरुको बृहत भेलाले मनाङ सोसाइटीको जन्म दिईएको हो ।

भेलाले ब्यवसायी तथा समासेवी पेम्बा लामाको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरेको छ । सोसाईटीको उपाध्यक्षमा बलबहादुर गुरुङ, महासचिवमा कुशबहादुर घले र सचिवमा मनोज घले,  कोषाध्यक्षमा दिकि चोटेन लामा र सहकोषाध्यक्षमा सूर्यकुमारी गुरुङ चयन भएका छन् भने सदस्यहरुमा तासी लामा (अनिल), सोममाया गुरुङ, ओम घले, केशङ लामा, अनिता गुरुङ, सोनु लामा, कुयसाङ लामा, राजु लामा र गंगा गुरुङ चयन भएका छन् । यसैगरी संरक्षकमा पेम्बाछिरिङ लामा र सल्लाहकारमा तासी वाङ्दी लामा चयन भएका छन् ।

यसरी जापानमा संघसंस्थाहरुको लामो सूचीमा फेरि अर्को नयाँ सँस्थाको नाम थपिएको छ । अनुमानका आधारमा पचासौं संघसंस्थाहरु जापानमा रहेको भनिए पनि वास्तविकतामा क्रियाशील संघसंस्थाहरुको संख्या चालिसको हाराहारीमा रहेको बिभिन्न तथ्यहरुले पुष्टि गरेका छन् ।

मनाङ सोसाईटी जापानको भावी कार्यक्रम तथा योजना छिट्टैनै सार्बजनिक गरिने नवनिर्वाचित अध्यक्ष लामाले बताए । ****

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया