Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

नेपालको लोकदोहोरी क्षेत्रका चर्चित गायिका मुना थापाले आफ्नै एल्बम “छोरी” “तिते करेली” लगायतका गीति एल्बमबाट ख्यात्रि्राप्त गरेकी छिन् भने हालमा उहाँको दर्जनौ एल्बमहरु बजारमा आइसकेको छ । आजको सन्दर्भमा उहाँ एउटा गलाकी धनी र कुशल लोकदोहोरी गायिकाको रुपमा परिचित हुनुहुन्छ । उहाँले देश तथा विदेशमा धेरै कार्यक्रमहरुमा भाग लिईसक्नुभएको छ । गत २४ फेव्रुअरी २०१२ मा ३० औं मगर दिवसको कार्यक्रमको अवसरमा अतिथि कलाकारकोरुपमा दुबईमा पुग्नुभएका गायिका थापासंग त्यहाँका पत्रकार लालबहादुर ढेंगाले गर्नुभएको वार्तालाप :

प्रश्नः दुबई कस्तो लाग्यो ?
जबाफः मलाई त दुबई शहर एकदमै राम्रो र सुन्दर लाग्यो । सबैले धेरै माया दिनुभयो । प्रवासमा आएर पनि सबैमा भाईचारा र आफ्नोपन एक आपसमा सहयोगको भावना यी सबै देखेर मलाई अति खुशी लाग्यो । सँधै यस्तै कायम रहोस् भन्ने मेरो शुभकामना छ ।

प्रश्नः अहिलेसम्मको साँगीतिक भ्रमण ?
जबाफ: मेरो संगीत प्रेमी र शुभचिन्तक दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगबाट मैले धेरै देशहरुमा भ्रमण गर्ने मौका पाएकी छु, जसमा साउदी अरब, कोरियामा २ पटक, मलेशिया, कतार, युके, बेल्जियम, युएइ र अब फेरि साउदीमा जाँदै छु ।

 प्रश्नः तपाईले हालसम्ममा कतिवटा गीतहरु गाउनुभयो, र कुन चाहि गीतले तपाईलाई सफलता दिलायो ?
जबाफः मेरो आफ्नै एल्बम “छोरी” को गीत “चिसो चिसो हावा सरर..” बाट म मुना थापा भनेर परिचित भएकी हुँ । त्यसको लगत्तै अन्य गीतहरु पनि चर्चामा आयो, त्यो मेरो ठूलो सौभाग्यको कुरा हो । र हालसम्म मैले ६ सय भन्दा बढी गीतहरु गाईसकेकी छु ।

 प्रश्नः विदेशिएका नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?
जबाफः हाम्रो देश नेपालमा राजनीति र भ्रष्टाचारले गर्दा जनताका लागि गास, बास र कपासको उचित व्यवस्था नभएको कारणले धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बिदेशमा पलायन हुन बाध्य छन् । तसर्थ सबैले आफ्नो घर र परिवारलाई सम्झेर काम गर्नुहोला राम्रो प्रगति गरेर घर फर्किनु होला भन्ने सन्देश दिन चाहान्छु ।

प्रश्नः बिबाह कहिले गर्ने नि ?
जबाफः  अहिले गीत, संगीतमै व्यस्त छु, विवाहको बारेमा पछि सोचौला, अझै २-४ बर्षसम्म संगीतलाई नै माथि उठाउने विचार छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया