Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – नेपालीहरु नेपाली बीचमा रहेको आपसी सद्भाव र एकतामा खलल पुग्ने गरी केही समय यता बढ्दै आएको क्षेत्रीय तथा जातीय साम्प्रदायिकता जस्ता सामाजिक बिचलनलाई ध्यानमा राखी नेपालीहरू विश्वको जुनसुकै भूभागमा बसोबास गरे पनि एक आपसमा सम्मान तथा सद्भाबपूर्णरुपले रहनुपर्छ भन्ने सन्देश प्रबाह गर्न “कानूनी समानता,आधारभूत अधिकार: सामाजिक सद्भाव आजको सरोकार” बिषयमा क्यानाडाको क्यालगरीमा बसोबास गर्ने नेपालीहरुका बीच फेब्रुअरी २५, २०१२ मा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो।

नेपाली कम्यूनिटी सोसाइटी अफ क्यालगरी (NCSC) को साहित्य समिति र NRN Canada को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता NRN Canada का अध्यक्ष डा. बिनोद केसीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण NRN Canada को भाषा-साहित्य बिभागका सहसंयोजक ॠषि बस्ताकोटीले गर्नुभएको थियो । कार्यक्रमको आरम्भमा उपस्थित सबै सहभागीहरूको हार्दिक स्वागत गर्दै NCSC साहित्य समितिका संयोजक तथा मानव अधिकारबादी साहित्यकार राजेन्द्र प्रसाईले कानूनी समानता र आधारभूत अधिकारको ब्यबस्था गर्न सके समाजमा देखापर्ने आपसी कलह निस्तेज भई बिग्रह होइन सद्भाव बढ्ने तर्फ बिश्लेषण गर्नुभएको थियो । एनआरएनका उपाध्यक्ष डा. बेतमान सिंह भण्डारीले प्रबासमा सन्चालन गरिने यस्ता कार्यक्रमहरूले विदेशमा बस्ने नेपालीहरूबीच आपसी सदभाव बढाउने मात्रै हैन यसको अनतर्निहित सन्देश मार्फत नेपालमा स्थायी शान्तिकालागि समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा उल्लेख गर्नुभयो । NCSC का अध्यक्ष जगदीश चापागाँई Calgary Nepalese Community Society Association उपाध्यक्ष झलेन्द्र श्रेष्ठ, NCSC का सचिव नविन सुब्बा लगायतका बक्ताहरुले यस्ता कार्यक्रमको महत्वमाथि थप प्रकाश पार्दै शिक्षा र चेतनाको माध्यमबाट व्यबहार परिवर्तन गर्नुपर्ने र नराम्रा संस्कार र मान्यताहरूलाई समावेशी र मानवीय सोचहरूले प्रतिस्थापित गर्दै लानुपर्ने कुरामा जोड दिनुभयो । NRN Canada केन्द्रिय सदस्य बिष्णु सुब्बाले बर्षौंदेखि राज्यबाट उपेक्षित र राज्यको श्रोत र साधनमा पहुंच नपुगेकहरूले आफ्नो अधिकारको कुरा उठाउनु अस्वाभिक नभएको र राज्यले सबैलाई समान दृष्टिले व्यबहार गर्नुपर्ने र स्थायी समाधान खोज्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा महिलाबक्ता निशा धौभडेलले आजको यूगमा जातिय कुराभन्दा पनि मानवीय हितकालागि आवाज उठाउनु आबश्यक रहेको कुरामा जोड दिनुभयो भने कल्पना पण्डितले एकअर्का नेपाली बीच खुट्टा तानातान गर्दा कोही अघि बढ्न नसक्ने कुरा बताउनुभयो। NCSC कार्यसमिति सदस्य हिक्मत रोकाले जातिय कुरा भन्दा गरिबहरूका लागि आर्थिक सहयोगको खाँचो औंल्याउनुभएको थियो भने अर्का NCSC कार्यसमिति सदस्य कृष्ण भट्टले जातिय स्वशासन आदिका कुराभन्दा लोकतन्त्रका उपलब्धी बचाउनतर्फ लाग्नुपर्छ भन्नुभयो। कार्यक्रममा बोल्नुहुने अन्य बिभिन्न बक्ताहरूले सबैको सम्मान हुने खालका कानून र कार्यक्रमले समाजमा स्थायी शान्ति कायम राख्न सघाउ पुग्ने कुरा उल्लेख गर्नुभएको थियो ।

अन्त्यमा अन्तरक्रिय कार्यक्रमका अध्यक्ष डा. बिनोद केसीले समसामयिक सबालमा प्राज्ञिक छलफलको लागि प्रस्ताव ल्याएकोमा NCSC साहित्य समितिलाई धन्यवाद दिंदै भविष्यमा पनि यस्तै समय-सन्दर्भ सुहाउदा विषयहरूमा बहस चलाउनको लागि NRN Canada ले फोरम प्रदान गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । उहांले क्यानाडामा बसोबास गर्ने नेपालीको हकहितको लागि काम गर्नुका अतिरिक्त क्यानाडाबासी नेपालीहरूको नेपालसंग सम्बन्धको पुलको रूपमा रही नेपालको बिकासका लागि सामुहिक प्रयासम आर्थिक, प्राविधिक र वौद्धिक सहयोग भित्र्याउन NRN Canada प्रयासरत रहेको र यसका लागि सबैको सहकार्य र सहयोग महत्वपूर्ण हुने बताउनुभयो। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया