Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले ब्यापारिक संस्थाको बिद्युत महसुलमा बृद्धि गर्ने निर्णय गरेपछि टोकियो लगायत अन्य १० वटा प्रान्तका गभर्नरहरुले त्यसको कारणबारे स्पष्टीकरण माग गरेका छन । टेप्कोका अध्यक्ष तोसिओ निशीजावासंगको भेटमा साइतामाकेनका गभर्नर कियोसी उयदाले एक ध्यानाकर्षण पत्र पनि बुझाएका थिए ।
सो ध्यानाकर्षण पत्रमा टोकियो, यामानासी, इबाराकी, तोचिगी, गुन्मा, चिबा, कानागावा, सिजुओका र नागानो केनका गभर्नरहरुले हस्ताक्षर गरेकाछन् । उनीहरुद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा बिद्युत महसुल बढाउने टेप्कोको कदमको आलोचना गरिनुका साथै त्यसको कारण स्पष्ट पार्न भनिएको छ । टेप्कोले आगामी अप्रिल महिनादेखि लागु हुने गरी ५० किलोवाट भन्दा बढी क्षमताका ब्यवसायिक संस्थाहरुको बिद्युत महसुलमा १७ प्रतिशतले बृद्धि गर्ने निर्णय गत जनवरीमा गरेको थियो । यसबाट टेप्कोले प्रतिबर्ष करिब ४०० अर्ब थप महसुल उठाउने र त्यसलाई गत मार्च ११ को फुकुसीमा आणबिक भट्टीको क्षतिबाट प्रभाबितहरुलाई क्षतिपुर्ति दिनको लागि प्रयोग गर्ने बताउँदै आएको छ ।

टेप्कोका अध्यक्ष निसिजावाले यसो गर्न बाध्यता भएको बताउँदै आर्थिक बर्ष २०११ मा मात्र टेप्कोको इन्धन खर्च ८३० अर्ब बढेको पनि गभर्नरहरुसंगको भेटका क्रममा बताए । फुकुसिमा आणबिक भट्टीको क्षतिबाट प्रभाबितहरुलाई दिनुपर्ने क्षतिपुर्तिको रकम खरबौं रहेको र ब्यवसायीहरुले तिरेको करलाई पनि त्यसमा उपयोग गर्ने गरिएको छ । गभर्नरहरुको तर्फबाट साइतामा केनका गभर्नर उयदाले भने यसरी बिद्युतको महसुल बढाउन हतार नगर्न अनुरोध गरेका थिए । उनले कम्तिमा पनि एक बर्षटेप्कोकै खर्च कटौती गर्ने लगायतका अन्य उपायहरु अवलम्बन गरेर हेर्न सुझाब दिएका थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया