Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी मुलुकभरि महाशिवरात्रि पर्व धुमधामसाथ मनाइँयो । भगवान् शिवले लोककल्याणका लागि निराकार अवस्थाबाट ज्योतिर्लिङ्गको रूपमा प्रकट हुनुभएको पवित्र रात भएकोले यस पर्वलाई महाशिवरात्री भनिएको हो । महाशिवरात्रि पर्वमा हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् । अघिल्ला महाशिवरात्रि पर्वभन्दा यसपालि महाशिवरात्रि पर्व सोमबारका दिन परेकाले पनि शिवालयहरूमा बढी घुइँचो देखियो । नेपालका अन्य धार्मिक क्षेत्रभन्दा पशुपतिमा यस पर्वको महत्व बढी रहदै आएको छ । महाशिवरात्रि पर्वको पावन उपलक्ष्यमा पशुपतिनाथको दर्शन गर्न देशका कुनाकाप्चाबाट मात्रै होइन, भारतबाट समेत श्रद्धालु भक्तजन ओइरिने गरेका छन्। बिदेसी हिन्दु धर्मावलम्बी पनि महाशिवरात्रि पर्वका बखत पशुपतिनाथको दर्शन गर्न नेपाल आउने प्रचलन यस वर्स पनि कायमै रहेको देखियो ।

अहिलेको महाशिवरात्रि पर्वमा दर्शनार्थीको सङ्ख्या आठलाख हुने अनुमान सम्बद्ध कोषले गरेको भएपनि सात लाखले दर्शन गरेको बताईएको छ । आगामी दिनहरूमा यसको सङ्ख्या बढाउन काठमाडौँ उपत्यकाभित्र भएका धार्मिक, पुरातात्विक तथा सांस्कृतिक पहिचानका साथ मुक्तिनाथ, वराहक्षेत्र, जानकी मन्दिर, देवघाट, त्रिवेणीधाम, लुम्बिनी, कपिलवस्तु, स्वर्गद्वारी, मनकामना, हलेसी महादेव, पाथीभरालगायतका तमाम क्षेत्रबारे यथाशक्य चिनारी दिन सकिएमा त्यसको दूरगामी सुप्रभाव पर्ने सकिने निश्चित छ ।

महाशिवरात्रि जस्तो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक महत्त्व बोकेको पर्वमा काठमाडौंको पाशुपतक्षेत्र लगायत देशभरका अन्य शिवालय तथा शिवका मठमन्दिरमा हुन अवाञ्छित गतिविधि वा अश्लील क्रियाकलाप अहिले पनि प्रसस्तै मात्रामा देख्न पाईयो । प्रसाद मानेर गाँजा, भाङ्, धतुरोलाई खुल्ला रूपमा त्यहाँ उपस्थित बाबाहरुले बेचविखन गरेको देख्न सकियो । धार्मिक आवरण दिएर भएको बिक्रिविरतण नशालु पदार्थ सेवन गर्नबाट रोक्न र निरुत्साहित गर्नेतर्फ पनि राज्य तथा नागरिक समाज लाग्नुपर्ने देखिन्छ । यस किसिमका अवाञ्छित क्रियाकलाप रोक्न सबैबाट उचित प्रयास हुनुपर्छ । सबै शिवभक्त, श्रद्धालु भक्तजनले शिवको पूजा-आराधना गरी भक्तिभाव प्रकट गर्नसक्ने वातावरण तयार पार्न सकियो भने मात्र राष्ट्रदेव भगवान् महादेव शिवप्रति सच्चा भक्तिभाव व्यक्त गर्न सकिन्छ ।

विश्व सम्पदा सूचीमा समाविष्ट पशुपति क्षेत्र एक हिन्दुका लागि मात्र नभइ विश्वकै मानव समाजका लागि एउटा गर्व गर्ने ठाँउ भएकाले यस क्षेत्र र यस्ता पर्व बचाई राख्नु आजको आवस्यकता हो । जहाँसम्म महाशिवरात्रि पर्वको कुरो छ, यसलाई अझ बढी मर्यादित र व्यवस्थित गर्नेतर्फ सरोकारी निकाय र नेपाली समाज इमानदारीसाथ प्रयत्नशील हुनैपर्छ । अनिमात्रै महाशिवरात्रिको महत्त्व र गरिमालाई अक्षुण्ण राख्न सकिन्छ। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया