Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो ­- रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली कामदारमध्ये ९० प्रतिशतले हुन्डीमार्फत नेपाल रकम पठाउने गरेको बुझिएको छ । बैंकिङ सेवाको तुलनामा हुण्डीको सेवाशुल्क कम हुनुका साथै विनिमय-दर बढी भएकाले अधिकांश कामदारले हुन्डीमार्फत रकम पठाउने गरेका हुन् । सरकारले नेपाली कामदार कोरिया पठाउन व्यवस्थित प्रणाली अपनाए पनि उनीहरुले स्वदेश पठाउने रकमलाई वैधानिक बनाउन सकेको छैन ।

कोरियामा १८ हजार नेपाली कामदार छन् । त्यसमध्ये १२ हजार वैध र ६ हजार अवैध छन् । अवैध कामदारले बैंकिङ माध्यमबाट पठाउन असजिलो हुने भएकोले ९० प्रतिशतभन्दा बढी कामदारले हुन्डीमार्फत नै रकम पठाउने गरेको पाइएको छ । कोरियाका एक जना नेपाली कामदारले सरदर वार्षिक ८ लाख ४० हजारभन्दा बढी रकम पठाउँछन् । कोरियाबाट समग्रमा वार्षिक १५ अर्ब रेमिट्यान्स जाने गर्दछ । राष्ट्र बैंकसँग भने वैध तवरले कोरियाबाट कति रेमिट्यान्स भित्रिन्छ भन्ने तथ्याङ्क छैन । बैंक तथा रेमिट्यान्स कम्पनीको तुलनामा हुन्डीबाट १ डलरको विनिमय-दरमा १ रुपैयाँभन्दा बढी रकम “कमिशन” मिल्ने उपभोक्ताहरु बताउँछन् । यसका साथै सेवाशुल्क पनि नलाग्ने र लागिहाले पनि कम लाग्ने उनीहरु बताउँछन् । हुन्डीमार्फत रकम पठाउँदा अहिले १ डलर बराबर ७९ रुपैयाँ दिइन्छ, कोरियामा म्याग्दीका मुक्त केसी भन्छन्, बैंकमार्फ १ डलरको ७८ रुपैयाँमात्र पाइन्छ । बैंकले सेवाशुल्क पनि बढी लिन्छ । उनका अनुसार अधिकांश कामदारले एकपटकमा १ हजार डलरभन्दा बढी रकम पठाउँछन् । त्यसबापत बैंकिङ क्षेत्रबाट भन्दा २ हजार रुपैयाँ बढी रकम हुन्डीमार्फत कामदारका आफन्तले पाउँछन् । कम्पनीभन्दा बैंक टाढा पर्ने भएकाले कामदारहरुले बैंकमार्फत रकम पठाउन सक्दैनन् । त्यसैले हुन्डीमार्फत पठाउनका लागि एजेण्टहरु कम्पनीमै आउँछन् । हुन्डीमार्फत विनिमय रकम बढी पाउनुका साथै सहज तरिकाले रकम पठाउन सकिन्छ । त्यसैले अधिकांश नेपालीले हुन्डीमार्फत पठाएको हुन सक्ने बताईन्छ ।

कोरियामा मनिट्रान्सफरहरु न्यून छन् । यसका साथै कामदारको बिदा पर्ने दिन सबै बैंक बन्द हुने भएकाले पनि हुन्डीमार्फत रकम पठाउनुपरेको हो । लामो समय कोरियामा काम गरी फर्केका नेपाल कोरिया विकास परिषदका अध्यक्ष गम्भीर गुरुङले बैंकको कारोबार झन्झटिलो हुने बताए । कोरियामा विनिमय-दर दिनमा दुइ/तीनपटक परिवर्तन हुन्छ, उनले भने, हुन्डीमार्फत बढी पाउनुका साथै विनिमय-दर स्थिर हुन्छ । राष्ट्र बैंकका प्रवक्ता भाष्करराज ज्ञवालीले कोरियाबाट बैंकमार्फत रकम पठाउन प्रोत्साहित गर्दै आएको बताए ।

स्मरण रहोस् जापानमा पनि अझै ठुलो संख्याका नेपालीहरु हुण्डी च्यानलमार्फत नेपाल पैसा पठाउने गर्दछन् । ४, ५ वटा रेमिट्यान्स कम्पनीहरुले कारोवार शुरु गरिसकेको जापानमा यी रेमिट्यान्सहरुको पहुँच नपुगेको बिशेषगरी राजधानी टोकियो बाहिर रहेका, अत्यन्तै ब्यस्त दैनिकी भएका र हालसम्म उपयोग गर्दै आएको च्यानलमा बर्षौको बिश्वास आर्जन गरेका नेपालीहरु अझै हुण्डी प्रथामै निर्भर रहेर रमाउने गरेको पाईन्छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया