Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025
काठमाडौ – उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले सर्वोच्चले अदालतले रोक्छ भन्ने थाहा हुँदा हुँदै आफूले नागरिकता सम्बन्धी परिपत्र गरेको बताएका छन् ।
‘सर्कुलर संविधान र ऐन कानुन नपढी गरेको होइन,’उनले भने-‘सर्वोच्चले रोक्छ भन्ने थाहा थियो । मधेसी मोर्चाको निरन्तर दवाबका कारण राजनीतिक निर्णय लिनु परेको हो ।’
गच्छदारले मन्त्रिस्तरीय निर्णय गरी जन्मका आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजका आधारमा तत्काल नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गराएका थिए ।
शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा गच्छदारले मोर्चाका घटकले आफूमाथि निरन्तर दवाब बनाएका कारण राजनीतिक निर्णय लिनुपरेको रहस्य खोले । उनले नागरिकताको समस्या समाधान गर्न प्रमुख राजनीतिक दलसंग सहमति लिएको दावी पनि गरे ।
समिति बैठकमा गृहमन्त्री गच्छदारले झापाको सीडीओ गेहनाथ भण्डारीलाई आफूले चिन्दा पनि नचिनेको र फोन समेत नगरेको बताए । सीडीओले आफूमाथि झुठा आरोप लगाएको उनको कथन थियो । सीडीओले लगाएको झुठा आरोपका विषयमा मन्त्रिपरिषद्मा पनि छलफल भएको गच्छदारले जानकारी दिए ।
सीडीओ भण्डारीले गृहमन्त्री गच्छदारले दिएको कानुन विपरीतका आदेश आफूले नमान्दा सरुवा भएको बताएका थिए । बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ऐन कानुन नपढि गृहमन्त्री गच्छदारले परिपत्र गरेको टिप्पणी गरेका थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया