
काठमाडौँ- प्रधानमन्त्री बाबुराम भट्टराई आज बिहान भारत बिहारको राजधानी सहर पटना जाँदैछन्। बिहारका मुख्यमन्त्री नीतिशकुमारको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्री सँगै श्रम तथा यातायात व्यवस्थामन्त्री सरिता गिरी, सभासदद्वय हरि रोका र खेम बम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलामणि पौडेल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनाल पनि जाँदैछन्।
प्रधानमन्त्रीले ‘बदलिँदो बिहारसम्बन्धी विश्व सम्मेलन’ विषयक गोष्ठीमा प्रमुख आतिथ्यता ग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिए।
एसियाली विकास अनुसन्धान इन्स्टिच्यूट, मानव विकास इन्स्टिच्यूट र बिहार फाउन्डेसनद्वारा संयुक्तरूपमा सो गोष्ठीको आयोजना हुन लागेको हो।
यादवका अनुसार सो गोष्ठीमा बिहारको विकास तथा निर्माणका बारेमा छलफल हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री डा भट्टराईले बिहारका राज्यपाल, मुख्यमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री भट्टराई आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार फाल्गुन ५, २०६८
प्रकाशित समय: ११:३७:४२