
काठमाडौं- पूर्व रानी कोमलको फागुण ७ गते ६२ औं वर्षमा प्रवेश गर्दैछिन् । उनको ६२औं जन्मोत्सवको उपलक्ष्यमा देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी फागुन ६ गतेदेखि ८ गतेसम्म राजावादीहरुले तीन दिन विभिन्न समारोहहरू आयोजना गर्न लागेको कुरा थाहा भएको छ ।
यसै अवसरमा राजधानीमा श्रीमती प्रेरणा पाण्डेको अध्यक्षतामा १५६२ सदस्यीय ६२औं शुभ जन्मोत्सव समारोह समिति गठन गरिएको छ । सो समितिको सह-अध्यक्षमा श्रीमती गीता क्षेत्री राणा र नवराज गुरूङ हुनु हुन्छ भने सदस्य सचिवमा राधेश्याम थापा रहनु भएको छ ।
समितिमा अन्य विशिष्ट व्यक्तिहरू पनि रहनु भएको छ । समारोह समितिका अनुसार फागुन ७ गते आइतबार निर्मल निवास दरवारमा एक विशाल जुलुसले कोमललाई अभिनन्दन पत्र र उपहार चढाउने कार्यक्रम छ ।
यसै उपलक्ष्यमा गुहृयेश्वरी मन्दिरमा अनाथ विद्यार्थीहरूलाई भोजन खुवाउने, मिठाई वितरण, भजन कीर्तन, खाद्यान्न वितरण गर्नुका साथै दीपावली हुने कार्यक्रम रहेको कुरा सो समितिका सदस्य सचिव राधेश्याम थापाले बताउनुभयो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार फाल्गुन ५, २०६८
प्रकाशित समय: २:०९:५९