Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025
काठमाडौँ- राष्ट्रपति भएयता लोकतन्त्र, लोकतान्त्रिक पद्धति र सहमतीय राजनीतिका लागि अभिभावकको भूमिका निर्वाह गर्दै आउनुभएका राष्ट्रपति डा. रामवरण यादवले मुलुकको राष्ट्रिय अखण्डताप्रति देखाएको संवेदनशीलताका कारण उहाँको सर्वत्र प्रशंसा भएको छ ।
‘काठमाडौँसँग तराईको नाता टुट्न सक्ने’ राष्ट्रिय अखण्डताविरोधी अभिव्यक्ति दिने सूचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्ताको भनाइप्रति चिन्ता प्रकट गर्दै राष्ट्रपति यादवले आइतबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई मौखिक रूपमा ‘सचेत’ गराएपछि उहाँले राष्ट्रका पक्षमा देखाएको संवेदनशीलताको उच्च प्रशंसा भएको छ ।
वर्षायामका च्याउझैँ एकाएक तयार पारिएका तराई दलहरूले ‘एक मधेस, एक प्रदेश’ को नारा दिए पनि राष्ट्रपति यादव सुरुदेखि नै त्यसबाट राष्ट्रियता बलियो नहुने तर्कका साथ स्पष्ट रूपमा विपक्षमा उभिँदै आउनुभएको छ ।
एक कार्यक्रममा बोल्दै नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले राष्ट्रपति यादवको प्रशंसा गर्दै भन्नुभयो- ‘राष्ट्रपति महोदयबाट जुन संवेदनशीलता प्रकट भएको छ, यसका लागि म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ अध्यक्ष खनालले झैँ सार्वजनिक रूपमै अरू नेताहरूले धन्यवाद नदिए पनि उहाँलाई फोन गरेर समेत बधाई दिएको पार्टी निकट बुधबार साप्ताहिकले जनाएको छ ।
राष्ट्रपति यादवसँग सम्पर्क गरेका एक नेताले बुधबारलाई बताए- ‘राष्ट्रपतिले वास्तवमै मुलुकको अभिभावकको भूमिका निर्वाह गर्नुभएको छ ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया