Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
  • गोविन्द परियार
काठमाडौं- विदेशी बैंकहरूले राजा वीरेन्द्रको नाममा रहेको नगद तथा जिन्सीबारे विवरण दिन अस्वीकार गरेका छन्। विदेशस्थित विभिन्न बैंकहरुले ‘व्यक्तिगत गोप्यता’ कारण जनाउँदै राष्ट्रबैंकलाई यस्तो सूचना दिन नमिल्ने जवाफ पठाएका हुन्। केही बैंकले मात्र वीरेन्द्र र उनको परिवारका नाममा कुनै मौज्दात नभएको पत्र पठाएका छन्।
२०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा मारिएका वीरेन्द्र र उनको परिवारको सम्पत्ति खोजबिन सिलसिलामा नेपाल ट्रस्टको कार्यालयले नेपाल राष्ट्र बैंकमार्फत स्विट्जरल्यान्ड, संयुक्त अधिराज्य, थाइल्यान्ड, सिंगापुर, हङकङ र भारतका केन्द्रीय बैंकहरुलाई चार महिनाअघि औपचारिक पत्रमार्फत जानकारी माग गरेको थियो।
संयुक्त अधिराज्यस्थित बैंक अफ इङ्ल्यान्डले भने आफ्नो बैंकमा राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका नाममा कुनै नगद तथा जिन्सी खाता नभएको पत्र पठाएको छ। राष्ट्रबैंकलाई प्राप्त पत्रमा आफ्नो बैंकमा कुनै खाता नभएको जनाउँदै अरू बैंकमा हुन सक्ने सम्भावनाबारे ब्रिटिस बैंकर एसोसिएसनलाई पत्राचार गर्न सुझाएको छ।
‘हामीले आफ्नो बैंकमा गम्भीर खोजबिन गर्दा नेपालका पूर्वराजपरिवारको नाममा खाता भएको भेटिएन,’ बैंक अफ इङ्ल्यान्डले राष्ट्र बैंकलाई हालै पठाएको पत्रमा छ, ‘इङ्ल्यान्डका अरु बैंकमा छ/छैन, पत्ता लगाउन ब्रिटिस बैंकर एसोसिएसनमा सम्पर्क गर्नू।’
वीरेन्द्रले सम्पत्ति राखेको अनुमान गरिएको स्विट्जरल्यान्डस्थित स्विस नेसनल बैंकले भने व्यक्तिगत निक्षेप राख्ने नगरेको जनाएको छ।
हङकङस्थित हङकङ मनिटरी अथोरिटीले भने ऐन/कानुनअनुसार नगद भए-नभएको जानकारी दिन नमिल्ने जवाफ दिएको छ। हङकङको कानुनअनुसार व्यक्तिगत खाताबारे जानकारी दिन नमिल्ने पत्रमा उल्लेख छ।
बैंक अफ थाइल्यान्डले पनि ऐन/कानुनअनुसार व्यक्तिगत खाताको जानकारी दिन नमिल्ने जवाफ पठाएको छ। थप जानकारीका लागि थाई बैंकर एसोसिएसनमा पत्राचार गर्न थाई सुझाव छ।
राष्ट्रबैंकले २०६७ चैत १६, २०६८ जेठ २५ र असोज १८ गते विभिन्न विदेशी बैंकलाई वीरेन्द्रको नाममा खाता भए/नभएको जानकारी माग्दै पत्राचार गरेको थियो। पत्रबारे सिंगापुर र भारतका केन्द्रीय बैंकले कुनै जवाफ पठाएका छैनन्।
‘वीरेन्द्रको सम्पत्ति खोज्ने क्रममा हामीले स्विस बैंकलगायत सम्भावित छ देशका विभिन्न बैंकसँग जानकारी मागेका थियौं,’ नेपाल ट्रस्टको कार्यालयका सचिव श्रीधर गौतमले नागरिकसँग भने, ‘ती बैंकहरुले हामीले पठाएको पूर्वराजा र उनको परिवारको नाममा कुनै बैंक खाता नभएको जवाफसहितको पत्र राष्ट्रबैंकमार्फत पठाएका छन्।’
ट्रस्टको कार्यालयले यसअघि नै पत्राचार गरेका छ देशबाहेक अरु सम्भावित देशका बैंकमा पनि राष्ट्रबैंकमार्फत पत्रचार गरी जानकारी माग्ने तयारी गरेको छ। ‘खोजबिन जारी राख्नेछौं,’ कार्यालयका उपसचिव वीरेन्द्रबहादुर बानियाँले भने, ‘यो क्रममा नेपालबाहिर पनि चल/अचल सम्पत्तिको खोजबिन कार्य पनि दूतावासमार्फत जारी छ।’
वीरेन्द्र र उनको परिवारका नाममा देशमै रहेका सम्पत्ति ट्रस्टले आफ्नो नाममा ल्याइसकेको छ। काठमाडौं, नुवाकोट, कास्की, चितवन, मकवानपुर, धनकुटा, काभ्रेलगायतका जिल्लाका ६ हजार २ सय ४४ रोपनी जग्गा ट्रस्टको नाममा आइसकेको कार्यालयले जनाएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया