Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

सिंगापुरको विमान कम्पनी सिल्क एअरबाट काठमाडौँ आउने क्रममा म लगायत विमानमा रहेका यात्रुहरुले गएको साता निकै सास्ती खेप्नु पर्‍यो। उनीहरुको व्यवहार देखेर साह्रै दिक्क लाग्यो।

गत ८ फेब्रुअरी बुधबारका दिन चांगी एअरपोर्टबाट हामी सिल्क एअरवेजको फ्लाइट MI412 मा चढेर काठमाडौँ आउन लागेका थियौँ। त्यहाँको विमानस्थलबाट २ घण्टा ढिला बिहान ११ बजे विमान उडेको थियो। काठमाडौँ विमानस्थलमा उत्रनुपर्ने विमान त्यहाँ अवतरण गर्न नसकेको कारण भारतको वाराणसी विमानस्थलमा आपतकालिन अवतरण गरियो भनियो। तर पाँच घण्टासम्म विमानभित्रै राखेर पनि के भएको भनेर यात्रुहरुलाई कुनै जानकारीसम्म दिन आवश्यक ठानिएन।

५ घण्टापछि हामी यात्रुहरुलाई वाराणसी विमानस्थलको चीसो मार्बलको भूँइमा रात बिताउनका लागि यत्तिकै छाडियो। २२ घण्टासम्म हामीलाई त्यहाँ राखियो, न कुनै उचित खानेकुराको व्यवस्था थियो, न सुत्‍ने सुविधाको। एअरलाइन्सले यात्रुहरुबारे कुनै चासो नै देखाएन (क्याप्टेनले भने प्रयास गर्न खोजेका थिए)।

हामीले पानी माग्दा ट्वाइलेटबाट लिनू भन्ने रुखो जवाफ दिइयो। एउटा सीमित ठाउँमा हामीलाई कोचाएर राखियो र कुनै जानकारीसम्म दिन आवश्यक ठानिएन।

यात्रुहरुमा उमेर ढल्किसकेका महिलाहरु, बच्चाहरु, भर्खर जन्मिएका शिशु र गर्भवती महिलासमेत थिइन्। एक जना महिला त बेहोसै भइन्। तर वाराणसी विमानस्थलमा सहयोगका लागि कोही देखिएनन्।

ट्वाइलेट पेपर र पानी पनि राम्रोसित दिइएको थिएन। हरेक १० घण्टामा हेर्दै कम गुणस्तरको खाना कोच्चाउन ल्याइन्थ्यो। अन्तर्राष्ट्रिय विमान कम्पनी भनेर मात्र के गर्नु, नाम चाहिँ ‘सिल्क’ रे व्यवहार चैँ खस्रो !

(नोट – यात्राका क्रममा यसरी कुनै एअरलाईन्स कम्पनी, कुनै एअरपोर्टका कर्मचारी वा अन्य जो कोहीबाट सास्ती भोगाईमा पर्नुभएको छ भने हामीलाई लेखेर पठाउनुहोला, सबैलाई सचेत हुन र परपींडकलाई खबरदारी गर्ने कार्यमा हामी संधै तपाईहरुको साथमा रहने छौं । (समुद्रपारि डट कम)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया