काठमाडौं – चर्चित हास्य कलाकार सन्तोष पन्तका कान्छा छोरा प्रतिक पन्तले लिंग परिबर्तन गरी स्त्री बन्ने भएका छन ।
करिव १८/१९ बर्षको एउटा किशोरले आफ्नै रहरले आफुलाई किशोरीमा रुपान्तर गरेको सायद यो नेपालकै पहिलो घटना हुनुपर्छ । उनी अहिले लगभग १९ बर्षका भएका छन् । झट्ट हेर्दा केटीको स्वरुपमा देखिने प्रतिक केटीको जस्तो कृयाकलाप गर्न रुचाउँथे । तर बिदेशमा मात्र सुनिने लिंग परिवर्तन गरेर प्रतिक यतिबेला केटी बनेका छन् ।
पहिले केटीको जस्तो हाउभाउमात्र गर्ने प्रतिक विस्तारै स्त्री अंग बिकाश गर्ने हर्मोनको प्रयोग गर्न लागेका छन् । हर्मोनको प्रयोगपछि अहिले उनी साँच्चै केटीजस्ता देखिन थालेका छन् । उनको छाती १६ बर्षे किशोरीको जस्तै पुष्ट देखिन थालेको छ ।
हेर्दामात्र स्त्री स्वरुपमा देखिने प्रतिकको यौनाङ्ग भने अहिलेसम्म पुरुषकै छ । तर यो स्थीति पनि अब धेरै रहने छैन् । किनभने अहिले उनी पुरुष अंगको सट्टा महिला अंग प्रत्यारोपण गर्न अहिले वैंककतिर लागिसकेका छन् । अहिले वैंकक रहेका प्रतिकको अप्रेसन सफल भयो र नेपाल फर्किए भने सम्भवत उनी नै पहिलो लिंग परिवर्तन गर्ने नेपाली हुनेछन् । बिश्वमा अप्रेसनको माध्यमबाट लिंग परिवर्तन गर्ने गरेको पाइन्छ । सन्तोष पन्तका कान्छा छोराले पनि आफुलाई पुरुष भन्दा महिला हुनुनै उचित ठानेर होला महंगो अप्रेशनमार्फत नै महिला बन्न लागेका छन् । ***