Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
काठमाडौं- ‘जनसत्ता’ का बेला भएका घरजग्गा किनबेचलाई मान्यता दिने निर्णय सरकारले फिर्ता गरेको भन्दै माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवास, लाजिम्पाटमा बिहीबार बसेको स्थायी समिति बैठकमा वैद्य पक्षकाले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । बैठकपछि सचिव सीपी गजुरेलले ‘जनसत्ता’ का बेला भएका घरजग्गा कारोबारलाई मान्यता दिने निर्णय सरकारले फिर्ता गरेको हुनाले राजीनामा दिनुपर्ने बताए ।
‘सरकारले जनसत्ताका बेला भएका घरजग्गा कारोबारलाई मान्यता दिने निर्णय फिर्ता लिएको छ । मन्त्रिपरिषद्ले शब्द जे राखे पनि निर्णय फिर्ता लिएको छ,’ उनले भने, ‘त्यसमा हाम्रो विचार समूहले असहमति जनाउँदै सरकारले राजीनामा दिनुपर्छ भनेका छौं ।’ उनले पार्टी पदाधिकारी बैठकले समेत उक्त निर्णय फिर्ता नलिन सरकारलाई निर्देशन दिएकोमा त्यसको बेवास्ता भएको बताए । गोकर्ण रिसोर्टमा बुधबार बसेको बैठकमा जनसत्ताका निर्णय फिर्ता लिन नहुने अडान आफूले राखेको उनले जनाए ।
विवाद मिलाउन शुक्रबार पनि माओवादी बैठक बस्दैछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया