Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

काठमाडौं – पूर्व पञ्चहरूका तीनवटा पार्टीको एकता प्रयास भ्यागुताको धार्नी सावित हुँदै आएको छ । सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टी पशुपति शमशेर जबराले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दुवैले एकआपसमा मिल्ने लिखत गरेको तीन वर्ष पूरा भइसक्दा पनि उनीहरूबीच एकता भइसकेको छैन । यद्यपि दुवै पार्टी तल्ला तहमा अधिवेशन भने गर्दै आइरहेका छन् ।

यसैबीच बेलाबेलामा हल्लीखल्ली हुने अनि बेलाबेलामा सेलाउने गरेको कमल थापाले नेतृत्व गरेको पूर्व पञ्चहरूको अर्को एक घटक राप्रपा नेपालसहितको एकता प्रयासलाई अहिले बढी तीव्रता दिइएको थाहा भएको छ । एक साताका लागि भनेर महिना दिनअघि सुरु भएको पूर्व राजा ज्ञानेन्द्रको भारत भ्रमण पूरा नहुँदै पूर्वपञ्चहरूले एकता प्रयासलाई तीव्रता दिनुलाई भने संयोग मात्र भन्न मिल्दैन । यसै सिलसिलामा गत शुक्रबार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको लोकन्थलीस्थित निवासमा यो तीन वटै समूहका केही नेताहरूको महत्वपूर्ण बैठक बसेको थाहा भएको छ ।

लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, पद्मसुन्दर लावती, बुद्धिमान तामाङ, हरिबहादुर बस्नेत, केशरबहादुर विष्ट, नारायणदत्त भट्ट, बिक्रमबहादुर थापालगायतका तीन वटै समूहका एक दर्जन नेताहरूले सो बैठकमा पूर्वपञ्चहरूबीच एकता नभएमा आ-आफ्नो अस्तित्व समाप्त हुने निष्कर्ष निकालेका छन् । खासगरी तीन ठूला दल र मधेसी मोर्चासँग प्रतिस्पर्धा गर्न एउटा बलियो वैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माणको अपरिहार्यतालाई ध्यानमा राखेर यस्तो आवश्यकताको निष्कर्ष उनीहरूले निकालेका थिए ।

बैठकमा सहभागी नेताहरूले एकता प्रयासमा तीनवटै दलका अध्यक्षहरूलाई सहमतिमा ल्याउने नभए चौथो शक्ति खडा गरेर उनीहरूलाई दवाव दिने निष्कर्ष पनि निकालेको थाहा भएको छ । राप्रपा नेपालले अँगालेको राजासहितको प्रजातन्त्र र हिन्दु धर्मसापेक्ष राज्यको परिकल्पनामा अहिलेसम्म राप्रपा र राजपा सहमत हुन सकेका छैनन् । तर बैठकका सहभागी नेताहरूका अनुसार एकताको बाधक शक्ति सिद्धान्त नभएर पोजिसनको हो भन्ने निष्कर्षमा समेत पुगेका छन् । वैठक पछि सहभागी नेताहरूले यो एकता अभियानलाई टुङ्गोमा पुर्‍याएरै छाड्ने नभए जे गर्नु पर्छ त्यो गर्ने भन्नेसम्मको प्रतिक्रिया पनि दिन थालेका छन् ।

पूर्वपञ्चहरूको यो एकता प्रयासको एउटा लक्षण गत आइतवार राजधानीको बार एशोसियनको हलमा महागुरु फाल्गुनन्द ट्रष्टका लागि ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी बैठकमा पनि देखियो । ट्रष्टका सल्लाहकार राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीको विशेष सक्रियतामा आयोजित सो बैठकमा राप्रपाका नेताहरू राजेश्वर देवकोटा र पशुपति शमशेर जबराको पनि विशेष उपस्थिति थियो । ट्रष्टका लागि श्रीमद् भागवत सप्ताह आगामी चैत १२ गतेदेखि १८ गतेसम्म पशुपति विकास क्षेत्रको बनकालीमा हुने सम्पन्न हुन गईरहेको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया