Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
विराटनगर- नेपाली कांग्रेसका सभापती सुशिल कोइरालाले आगामी जेठ १४ भित्र संविधान निर्माण हुन नसके ताजा जनादेशमा जानुको विकल्प नहुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहांले त्यस्तो विचार राख्नु भएको हो ।
सभापती कोइरालाले नेपाली कांग्रेस विधिको शासन मान्ने भएको र सर्वोच्च अदालतले समेत जेठ १४ सम्ममात्र संविधानसभाको म्याद थप्ने आदेश दिएकोले त्यस अवधिमा संविधान जारी हुन नसके चुनावमा जानुको विकल्प नरहेको बताउनुभएको हो । त्यसै कारण माओवादी जेठ १४ भित्रै सहमतीमा आउनुपर्छ र शान्ति र संविधान निर्माण गर्नुपर्ने उहांको भनाई थियो ।
एकिकृत माओवादी सर्वसत्तावाद लाद्ने र आफ्नो हैकम चलाउन खोजीरहेको आरोप लगाउंदै सभापती कोइरालाले त्यो सम्भव नहुने र माओवादी शान्ति र लोकतान्त्रिक पद्धतीमा नआए आफैं समाप्त हुने दावी समेत गर्नभयो ।
माओवादी नेपाली कांग्रेसलाई थकाएर गलत कामहरु गरुंला भन्ने सोचमा रहेको तर त्यो उहांहरुले पाउनसक्नु हुन्न भन्दै कोइरालाले प्रजातन्त्रको लागी नेपाली कांग्रेसले कुनै पनि कम्प्रोमाइज नगर्ने बताउनुभयो ।
उहांले नेपाली कांग्रेस एउटा निरंकुशता फालेर अर्को तानाशाह जन्माउन नसक्ने भएकोले प्रत्यक्ष निर्वाचनवाट आउने राष्ट्रपती र प्रधानमन्त्री आफुहरुलाई मान्य नहुने दावी गर्नुभयो । मुलुक प्रयोगै प्रयोगमा बस्न नसक्ने र पटकपटक  तानाशाहाका विरुद्ध लड्न नसकिने भएकोले चेक एण्ड ब्यालेन्स हुने शसकिय स्वरुप उपयुक्त हुने सभापती कोइरालाको भनाई थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया