
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष पुनले जनयूद्धमा अग्रमोर्चामा बसेर लडेका वाईसीएल कार्यकर्ताहरुलाई पनि अरु लडाकुले पाएको सरह सेवा सुविधा पाउनु पर्ने बताए ।
साक्षात्कारमा पार्टीले वाईसीएलको माग पुरा गर्ने गरी निर्णय गरिसकेको जनकारी दिदै आफूहरुको माग सरकारसँग नभई पार्टीसँग भएको स्पष्टपारे । यद्यपि उनले जनयूद्धमा अग्रमोर्चामा रहेर लडेकोले राज्यसँग पनि सेवा सुविधा माग्ने अधिकार भने रहेको बताए ।
उनले माओवादी ठूलो पार्टी भएकोले वाईसीएलकोलागी दिने राहतको प्याकेज दिन गाह्रो नहुने दावी गर्दै पार्टी कार्यकर्ताले बुझाउने लेबीबाटै पनि वाईसीएलको माग पुरा गर्न सकिने बताए ।
पुनले भने-वाईसीएलको आर्थिक माग पुरा गर्न माओवादी जस्तो ठूलो पार्टीकोलागी त्यती ठूलो कुरा होईन । यो समस्याको विषय पनि होईन, पार्टी कार्यकर्ता र सुभेच्छुकहरुको सहयोगबाटै पुरा गर्न सकिन्छ ।
उनले वाईसीएलका होलटाईमर कार्यकर्ताको तथ्याङ संकलन कार्य भईरहेको भन्दै पार्टीको लेबी उत्पादन मुलक कार्य र जनपरिचालबाट माग समस्या समाधान गर्न सकिने दावी गरे ।
घाईते, अपाङ र सुत्केरीलाई राज्यले नै विशेष आर्थिक प्याकेज दिनु पर्ने भन्दै माओवादीका मिलिसियाले भने राहत माग्ने सम्भावना नरहेको बताए ।