Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025
विराटनगर- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादीले ब्यवहार नसच्याए राजतन्त्र जस्तै समाप्त भएर जाने ठोकुवा गनुभएको छ । शान्ति प्रक्रियामा आएदेखि नै माओवादीको चरित्र राजतन्त्रको भन्दा फरक नदेखिएकोले त्यो ब्यवहार नसुधारे जनताले समाप्त पार्ने स्पष्ट पार्नु भएको छ । माओवादीले देश र जनताका लागि राजनीति नगरेको आरोप लगाउँदै कोइरालाले दस वर्ष युद्धमा दुःख गरेका लडाकुको चेक जबरजस्ती खोसेको घटनाबाट पनि माओवादी सर्वहारा जनताप्रति कत्तिको उत्तरदायी छ भन्ने पुष्टि भएको उनको कथन थियो ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ७ ले आज टंकीसिनवारीमा आयोजना गरेको वृहत आमसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले शान्ति प्रक्रियालाई ओझेलमा पारेर माओवादी तानाशाही व्यवस्था लाद्न खोजीरहेकोले त्यो नेपाली जनताका लागी राजतन्त्र जस्तै अमान्य रहेको बताउनुभयो ।
राजतन्त्र समाप्तै भएरै जाला भनेर कसैले सोचेको थिएन तर उनिहरुले प्रजातन्त्र मास्न खोज्दा आज इतिहास बनेको प्रसंग उठाउंदै उहांले भन्नुभयो   “माओवादी पनि यहीं बाटोलाई समाएर अगाडि बढे उनीहरूले पनि त्यस्तै अवस्था भोग्नुपर्छ ।” माओवादीले पटक-पटक सहमति गर्ने तर ती सहमतिका एउटा पनि बुँदा कार्यान्वयन नगर्ने गरेको उहांको आरोप थियो । माओवादीले १२ बुँदे वृहत शान्ति सम्झौतामा आएदेखि नै राजनीतिक दलहरूलाई धोका दिँदै आएको कोइरालाको कथन थियो । नयाँ नेपाल बनाउने नाममा  माओवादीले षड्यन्त्र मात्रै रचेर देशलाई गम्भीर मोडमा पुर्‍याएर छाडेको उहांले आरोप लगाउनुभयो ।
“अब तपाइहरू पनि खबरदारी गर्न सडकमा उत्रिन तयार भएर बस्नुस,” कार्यकर्ताहरूलाई आह्वान गर्दै सभापति कोइरालाले भने, “अब कांग्रेस चुप लागेर बस्दैन ।” ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया