काठमाडौं – सुदुरपश्चिमका वाईसीएलले उठाएका मागलाई पार्टीले सम्वोधन गर्ने भएपछि आन्दोलन फिर्ता लिईएको छ
माओवादी लडाकुले पाउने सेवा सुविधा अनुसार पाउनु पर्यो भनेर आन्देलनमा उत्रेका सुदूरपश्चिमका वाईसीएल र अर्थमन्त्री वर्षामान पुन र लडाकुका कमान्डर जनार्शदन शर्मा (प्रभावकर) बीच सहमति भएपछि आन्दोलनलाई फिर्ता लिएका हुन् । वाईसीएलका तर्फबाट वार्तामा केन्द्रीय सदस्य द्वय गौरीशंकर थारु, ललित थापासहित वाईसीएलका एक दर्जन कार्यकर्ताको सहभागिता थियो । आन्दोलनलाई रोक्न पार्टी नेतृत्वले मन्त्री पुन र प्रभाकर मंगलबार आएका हुन् ।
माओवादीको सातौं डिभिजनको बडैपुर सहायक शिविरमा भएको वार्ताले सहमति कामय गरेको हो । वाईसीएलको व्यवस्थापनका पक्षमा पार्टीले ठोस कार्य योजना बनाउने, शिविर छोडेर वाईसीएलमा प्रवेश गरेका लडाकुलाई जनमुक्ति सेनाको सम्मान पत्र दिने लगायत कुरामा सहमति भएको अर्थमन्त्री पुनले बताए । मन्त्री पुन र प्रभाकरको मंगलबार ताल बन्दमै बसेर अपांग तथा घाइते लडाकुसँगै बहिर्गमन परेका लडाकुसँग पनि भेटघाट गरेर उनीहरु समस्या बुझ्ने कार्यक्रम रहेको जनाइएको छ । ***