Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025
सुर्खेत- ट्यूसन पढ्न भनेर घरबाट निस्किएका वीरेन्द्रनगरका एक बालक १० दिन बित्दासमेत सम्पर्कमा आएका छैनन् । घरपरिवारले विभिन्न ठाउँमा खोजतलास गरे पनि उनको अवस्था पत्ता लागेको छैन । दैलेख, बडाखोला घर भएका १२ वर्षीय सन्तोष विष्ट माघ १५ गते बिहान ट्यूसन पढ्न भन्दै वीरेन्द्रनगरस्थित मामाघरबाट हिँडेका थिए । बिहान ७ बजे कापीकलम लिएर गएका उनी साँझसम्म नफर्किएपछि बुवा दलिपराजको मनमा चिसो पसेको थियो ।
‘त्यस दिन साँझसम्म नआएपछि साथीको घरमा गएको होला भनेर सामान्य खोजी गर्‍यौँ,’ उनले भने, ‘तर यतिका दिनसम्म पनि नभेटिएपछि त मनमा अनेक तर्कना उठ्न थालेका छन् ।’ उनका साथी, विद्यालय र जान सक्ने संभावित ठाउँमा खोजी गरे पनि पत्ता नलागेको उनले बताए ।
छोरा बेपत्ता भएको तेस्रो दिन सुर्खेत जिल्ला प्रहरी कार्यालयमा खोजीको लागि निवेदन दिए पनि प्रहरीले खासै चासो नदिएको दलिपराजको गुनासो छ । कार्यालयले ७५ वटै जिल्ला प्रहरीमा बालक हराएको सुचना पठाएको बताए पनि सुर्खेतका गाउँमा रहेका प्रहरीचौकीमा भने उक्त सुचना नपुगेको उनले बताए । ‘गाउँको एक प्रहरीचौकीमा सोधखोज गर्न आग्रह गर्दा जिल्लाबाट कुनै खबर आएको छैन भनेर जवाफ फर्काइयो,’ बुधबार जिल्ला प्रहरी कार्यालयबाहिर भेटिएका उनले भने, ‘प्रहरीका सबै यूनिटमा छोराबारे सुचना पुगेको भए कतै भेटिन्थ्यो कि ?’
छोरा हराएको यतिका दिनसम्म कुनै सुचना नआउँदा दलिपराजको मनमा झन् शंका उब्जिएको छ । ‘कसैले पैसाको लागि अपहरण गरेको भए फोन गरेर पैसा माग्थ्यो होला,’ उनले भने, ‘दुश्मनी गरेर लग्यो भनौँ भने अहिलेसम्म त्यस्तो दुश्मनी कसैसँग छैन ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया