Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

काठमाडौं – रेमिटेन्स सेवाको बिस्तार गरिरहेको इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) ले संयुक्त अरव इमिरेट्स (युएई) बाट नेपालमा पैसा पठाउन प्रयोग गरिने सबैभन्दा ठुलो एक्सचेञ्ज कम्पनी अल-अन्सारी एक्सचेञ्जसँग रेमिटेन्स कारोबारका लागि सम्झौता गरेको छ ।

आईएमईका महाप्रबन्धक सुमन पोखरेलद्वारा जारि गरिएको विज्ञप्ति अनुसार विश्वसनीय रेमिटेन्स सेवामार्फत् ग्राहकको विश्वास जित्न सफल आईएमईले आफ्नो सेवालाई समयानुकुल विस्तार गर्दै विश्वका बिभिन्न मुलुकका रेमिटेन्स पार्टनरहरु मार्फत् सहकार्य गरि विश्वव्यापी सुरक्षित रेमिटेन्स सेवा प्रदान गर्ने क्रममा अल-अन्सारी एक्सचेञ्जसँग पनि सम्झौता भएको बताइएको छ ।

सम्झौतामा आईएमईका तर्फबाट कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र युएईको अल-अन्सारी एक्सचेञ्जको तर्फबाट महाप्रबन्धक रशिद अल अन्सारीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी विज्ञप्तिमा सम्झौतापछि सयुक्त अरब इमिरेट्स (युएई) बाट युएईको सबैभन्दा ठुलो एक्सचेञ्ज कम्पनी अल-अन्सारी एक्सचेञ्जका युएईका बिभिन्न शहरहरुमा रहेका १ सय दश शाखाबाट World Wide Cash Express Money Transfer मार्फत् नेपालमा पैसा पठाउन र आईएमईका नेपालभर रहेका झण्डै १८ सय बढि शाखा/सव-एजेण्टमार्फत् भुक्तानी लिन सकिने कुरा उल्लेख छ ।

दुई रेमिटेन्स कम्पनीबीचको सम्झौताले युएईमा रहेका नेपालीहरुलाई बैकिंग माध्यमबाट नेपालमा पैसा पठाउन सजिलो हुनुका साथै सुरक्षित रेमिटेन्स सेवाको विस्तारमा महत्वपुर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया