टोकियो – नेपाली चलचित्र बाटोमुनीको फूल फ्रेबुअरी २६ तारिख आईतवारको दिन साइतामाकेनको सिमिन खाइखानमा प्रदर्शन हुने भएको छ । यसअघि चलचित्र सिबुयाको अपलिंकमा हलमा प्रदर्शन गरिएको थियो ।
जापानी दर्शकहरुको बिशेष अनुरोधमा प्रदर्शन हुन लागेको चलचित्रको प्रचारप्रसार खावागोए केबल टि.भी लगायत बिभिन्न स्थानिय पत्रपत्रिकाहरुले सहयोग गरेको कुरा एसिया फ्रेण्डशिप एसोसियसनका अध्यक्ष अनोज शाक्यले बताउनुभयो । नेपाली कलालाई जापानमा परिचय गराउने उदेश्यले स्थापना गरेको एसिया फ्रेण्ड्शिप एसोसियसनले चलचित्रबारे जापानी दर्शकहरुको एकदम राम्रो प्रतिक्रिया रहेको जनाएको छ । बाटोमुनिको फूल प्रदर्शनबाट नेपाल भ्रमणमा जाने जापानीहरुको संख्या उल्लेखनियरुपमा बढ्न सक्ने अध्यक्ष शाक्य बताउनुहुन्छ ।
चलचित्रमा जापानी भाषामा सब-टाइटल भएकोले प्रदर्शनका क्रममा जापानीहरु भावभिबोर भई रोएका थिए । धेरै पटक नेपाल आउने-जाने गर्ने जापानीहरुले यति राम्रो चलचित्र नेपालमा बन्छ भनेर नसोचेको बताए। बाटोमुनिको फूल ओसाका एसिया फिल्म महोत्सबमा आगामी मार्चमा पनि २ पटक प्रदर्शन हुनेभएको छ । उक्त महोत्सबमा सहभागी हुन नेपालबाट निर्देशक सुरज सुब्बा र गायक यशकुमार आगामी मार्चमा जापान आउने भएका छन । त्यसपछि चलचित्र जापानको बिभिन्न शहरका सिनेमा हलहरुमा प्रदर्शन हुने बताइएको छ। ***