Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025
काठमाडौ- नेपाली काँगेस र नेकपा एमालेले माओवादी लडाकुले पाउने रकमको सुरक्षा गरिदिन सेना समायोजन विशेष समिति र सचिवालयसित आग्रह गरेका छन् । दुई दलले सोमबार संयुक्त वक्तव्य निकालेर लडाकुबाट चेक र परिचय पत्र खोसिएकोमा आपत्ति जनाउँदै राज्यले दिएको रकम लडाकु आफैले पाउने स्थिति सिर्जना गर्न सुरक्षाको ब्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
एमाले मुख्यालय बल्खुमा बसेको दलको बैठकले संयुक्त वक्तव्य जारी गरेर माओवादीको रवैयाप्रति कडा आपत्ति जनाएको हो । दुई दलले तत्काल सहमतिको बाटोमा आउन माओवादीलाई आग्रह समेत गरेका छन् ।
बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले माओवादीको गलत निर्णयहरुले शान्ति र संविधान प्रक्रियामा बाधा उत्पन्न भएको बताए ।
दुई दलले स्थानीय निकायमा नागरिक मञ्चका नाममा माओवादीले आफ्ना कार्यकर्ता भर्ना गरेको र शान्ति मन्त्रालय मार्फत एकलौटी रकम बाँडेको भन्दै आपत्ति जनाएका छन् । सुरक्षा निकाय र प्रशासनमा जथाभावी सरुवा बढुवा गर्ने, भ्रष्टाचारलाई बढावा दिन सुचना कुण्ठित गर्ने र नागरिक समाजका प्रतिष्ठित अगुवालाई जनदुश्मन घोषणा गरेर आतंकित तुल्याउने काम गरेको भन्दै काँग्रेस र एमालेले माओवादीको बिरोध गरेका छन् ।
अवकाशमा जाने लडाकुले पाएको रकमबाट ४० प्रतिशत पार्टीलाई दिनुपर्ने भन्दै केही शिविरका कमाण्डरले चेक खोसेको सार्वजनिक भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया