Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025
काठमाडौं- वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि आवश्यक साढे चार अर्ब नदिए राजीनामा दिने चेतावनी दिएका छन् ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने र आफू मन्त्री पदमा बसिरहन उपयुक्त नहुने भन्दै मन्त्री भट्टले राजीनामा दिने विषयमा आफूले तयारी गरिरहेको जानकारी दिए । बिहीबार साँझ राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारले २५ करोड रुपैयाँ दिने निर्णय गरेको छ के त्यो तेल किन्न दिएको कि चामल किन्न दिएको ?’
मन्त्री भट्टले आयल निगमलाई साढे चार अर्ब दिए मन्त्रालयले तयार पारेको तीन चरणको सुधारको कार्यक्रम कार्यान्वयनमा ल्याउने जानकारी दिँदै साढे चार अर्ब रुपैया अल्पकालिन योजना अन्तर्गत तीन महिनाको लागि सहज आपूर्तिका लागि आवश्यक भएको बताए । ‘त्यसपछि मध्यकालिन योजना अन्तर्गत निगममा रहेको बेथितिलाई सुधार गर्ने,’ उनले भने, ‘दीर्घकालिनयोजना अन्तर्गत डिपो विस्तार, पेट्रोलियम पदार्थ आपूर्तिको लाइन विस्तार लगायतका निर्माण कार्य गरिनेछ ।’
मन्त्री भट्टले पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि प्रयास भइरहेको भन्दै कृत्रिम अभाव अन्त्यको लागि उच्चस्तरीय अनुगमन टोली गठन भइसकेको जानकारी दिए ।
मन्त्री भट्टले पेट्रोलियम पदार्थमा प्रदुर्षण शुल्क दोहोरो रुपमा भन्सार र यातायातले लिईरहेको, सडक सुधार शुल्क चार ठाँउमा लिईरहेको गुनासो गर्दै आफूले सुधारको लागि प्रयत्न गरिरहेको जानकारी दिए । उनले दुई महिनाभित्र किसान, विद्यार्थी र विपन्न बर्गलाई राहत दिने गरी कार्ययोजना तयार भइरहेको जानकारी दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया