Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

टोकियो – नेपाल प्रवासी तामाङ समाजको सामूहिक लगानीबाट सञ्चालित छिमेकी मार्ट गत फेव्रुवरी १ बाट औपचारिक उदघाटन गरी सञ्चालनमा आएको छ । २ बर्षको अथक प्रयासमा नेपाल प्रवासी तामाङ समाजले कतारबाट १ करोड रुपैँया संकलन गरी सो मार्ट सञ्चालनमा ल्याईएको हो । काठमाडौं महानगरपालिका रामहिटी वडा नं. ६ बौद्धमा खोलिएको सो मार्टको पहिलो दिनको कारोवार आफुले सोचेको भन्दा दोव्वर भएको जानकारी दिँदै लक्ष्य र योजना पुरा हुन सकेकोमा सहायक प्रवन्धक इन्द्र तामाङले खुशी जनाए ।

लामा गुरुबाट विधिवत् पुजाअर्चना गरी प्रारम्भ गरिएको उक्त मार्टलाई अझ व्यवस्थित ढंगबाट ग्राहकबर्गहरु लाई अन्तरराष्ट्रिय स्तरको सेवा र सुविधा दिने उद्देश्य रहेको बताउँदै नेपाली नयाँबर्षको अवसर पारेर ग्राहकहरुलाई अन्तरराष्ट्रिय मापदण्डको सेवा र सुविधा दिने लक्ष्य रहेको सञ्चालक समितीका अध्यक्ष शंखलाल तामाङले बताए । आफु स्वयं कतारको प्रतिष्ठित सुपरमार्केटमा काम गरेको लामो अनुभव भएको हुनाले छिमेकी मार्टको तर्फबाट ग्राहकबर्गहरुलाई अन्तरराष्ट्रिय स्तरको सेवा र सुविधा दिन धेरै कसरत गर्नु नपर्ने बताए ।

“सामूहिक लगानीको अवधारणा अनुरुप साझा लगानीबाट सुरुवात गरिएको यो अभियानमा हामीले पूर्ण सफलता पाएको छौँ र यसलाई हामी नमूनाको रुपमा नेपालमा परिचित गराउने छौँ” मार्टका वित्तिय निर्देशक तथा प्रोजेक्ट कोअर्डिनेटर विनेश तामाङले बताए । १० बर्ष भित्र काठमाडौंको चक्रपथ भित्र तथा बाहिर गरी ५ वटा त्यस्तै मझौला तथा बृहत सुपर मार्केट खोल्ने गुरुयोजना रहेको बताउँदै यसलाई अब अन्य देशमा बस्ने तामाङ समुदाय तथा गैर तामाङहरुलाई पनि समेटेर लगानी गर्न सवैलाई उत्साहित गराउने छौँ तामाङको थप भनाई थियो । भोलिका दिनहरुमा लगानी गर्न अब हामीलाई कुनै पनि आर्थिक समस्या नरहने बताउँदै सामूहिक अवधारणाको मूल्य र मान्यतालाई विश्वव्यापीकरण गरी देशमा नै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नेपाल प्रवासी तामाङ समाजको लक्ष्य रहेको पनि खुलासा गरे । हाल छिमेकी मार्टमा ६ जना महिला र ७ जना पुरुष गरी १३ जनाले रोजगारी पाएको र उक्त मार्टको तत्सम्बन्धी कामको फाँटवारी अन्तर्गत रामकुमार तामाङ र बुद्धिमान तामाङले हेर्दै आएको जानकारीमा आएको छ । ***

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया