Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ “प्रकाश” ले शान्ति र संबिधानको सकारात्मक विकल्प नभएकोले देशभित्र र बाहिर बस्ने हामी सबै नेपालीहरुको ध्यान अब यसैमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

उक्त कुरा स्वास्थ्य उपचारको सिलसिलामा जापान आउनुभएका मन्त्री श्रेष्ठले आज टोकियोमा आयोजित एक भेटघाट तथा सामुहिक डिनर कार्यक्रममा बताउनुभएको हो ।

“शान्ति र संबिधानको सकारात्मक विकल्प छैन, यदि छ भने देशलाई दुर्घटनातिर लैजाने नकरात्मक मात्र छ” मन्त्री श्रेष्ठले भन्नुभयो – “त्यसैले प्रमुख राजनीतिक दलहरुबीच बिमति रहेका केहि बुँदाहरुमा सहमति गरेर शान्ति र संबिधानको कार्यलाई छिट्टै टुंगो लगाईने छ, राज्यको शासकीय स्वरुप, राज्यको पुनरसंरचना, निर्वाचन प्रणाली लगायतका मूल मुद्धाहरुमा दलहरुबीच एउटा मिलन बिन्दु खोजेर शान्ति र संबिधानको बाँकी काम पुरा गरेपछि मुलुकलाई आर्थिक समृद्धितिर लैजाने दिशामा हाम्रो योजना हुनुपर्दछ।”

उहाँले अगाडि भन्नुभयो – “सूचना र प्रबिधिको बिकासले अब देशभित्र बसेर मात्र मुलुकको लागि योगदान गर्न सकिने अवस्था रहेन त्यसैले बिदेशमा बसेका नेपालीहरुले पनि देशको आर्थिक समृद्धिका लागि आ-आफ्नो ठाउँबाट सक्दो योगदान गर्नु हुन अनुरोध गर्दछु ।”

अर्को एक प्रसंगमा मन्त्री श्रेष्ठले भन्नुभयो- “एनआरएनहरुबाट मुलुकले शुरुका दिनमा अलि धेरै अपेक्षा गरेको अवस्था थियो, त्यो अनुरुप मुलुकमा ज्ञान, सीप र पूँजी भित्र्याउन अब एनआरएनलाई नैतिक दबाब परेको छ । अब एनआरएनको ध्यान त्यसतर्फ केन्द्रित हुनु जरुरी छ ।”

मन्त्री श्रेष्ठको स्वागतमा नेपाली राजदूतावास टोकियोले आयोजना गरेको भेटघाट तथा सामूहिक डिनर कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले मन्त्री श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै जापानका नेपालीहरुको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

राजदूतनिवास नाकामेगुरोमा भएको सो भेटघाट कार्यक्रममा एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्ट, आइसीसी सदस्यद्वय रोशन केसी र अरुणकुमार श्रेष्ठ, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, उपाध्यक्ष चिरिञ्जीवी थापा, महासचिव डा. राजेन्द्र पराजुली, प्रवक्ता शरदकुमार गौचन, सदस्य यशोदा बस्नेत थापा, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, महासचिव डा.भूपालमान श्रेष्ठ, सदस्य अमृत सुबेदी, नेपाली जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष पासाङ शेर्पा, प्रवक्ता राजेन्द्र जम्मरकट्टेल, एनडिएफ जापानका महासचिव सुन्दर पौडेल, सदस्य देवीलाल भण्डारी, प्रवासी पत्रकार सञ्जालका अध्यक्ष भूषण घिमिरे, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्त्री श्रेष्ठको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आ-आफ्नो संक्षिप्त परिचयात्मक भनाईहरु राख्नुभएको थियो ।

सो अवसरमा जापाबासी नेपालीहरुका समस्याहरुलाई सम्बोधन गर्न दूतावास र नेपाली समुदायबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिईयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा संलग्न डा. सुरज बज्राचार्य र स्वकिय सचिवको पनि उपस्थिति थियो भने तापस अधिकारी, अनिल लम्साललगायतका दूतावासका कूटनीतिज्ञहरुको पनि उपस्थिति रहेको थियो ।

मन्त्री श्रेष्ठको होक्काइडो बिश्वबिद्यालय अस्पतालमा गत १९ तारिख घाँटीको पछाडि पट्टी शल्यक्रिया गरिएको थियो । गत सोमबार मात्र अस्पतालबाट डिस्चार्ज हुनुभएका मन्त्री श्रेष्ठ भोलि स्वदेश फ़र्कने कार्यक्रम छ । उपचारमा संलग्न चिकित्सकहरुले स्वदेश फिर्तापछि पनि मन्त्री श्रेष्ठलाई करिव २ हप्ता आराम गर्न सल्लाह दिएको बुझिएको छ । ****

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया