Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – एकीकृत माओवादीभित्रको अन्तर्विरोध हल गर्न कार्ययोजना र कार्यक्रममा एक हुन दुई पक्ष सहमति नजिक पुगेका छन्। अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच आइतबार भएको छलफलपछि पार्टीलाई एक ढिक्का बनाउने सहमति भएको हो।

दाहाल निवास नयाँ बजारमा भएको छलफलमा दुबै पक्षका नेताहरू सहभागी थिए। शान्ति र संविधानमा अवरोध आए संघर्षबाट अघि बढ्नेमा दुबै पक्ष सहमत भएका हुन्। उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन लगायतसँग छलफल गरेर पुनःबस्ने गरी दुई पक्षको छलफल टुंगिएको छ।

छलफलमा पार्टीलाई फुट्न दिन नहुने र शान्ति र संविधानकै कार्ययोजनामा अघि बढ्ने विषयमा केन्द्रित भएको वैद्य पक्षका नेता तथा सचिव सीपी गजुरेलले जानकारी दिए। ‘हामी शान्ति र संविधानको विपक्षमा छैनौं। जनसंविधान निर्माणका लागि शान्ति र संविधानकै कार्ययोजनाबाट अघि बढ्ने विषयमा छलफल भएको छ,’ गजुरेलले भने।

अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यको फरक दस्तावेजलाई सहमतिको दस्तावेज बनाएर अघि बढ्नेबारे दुई पक्षबीच छलफल भएको हो। केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिए पनि अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यले प्रतिवेदनमा उठेका विषयमा जवाफ दिएका छैनन्। सहमतिपछि मात्रै बस्ने गरी बैठक स्थगन गरिएको छ।

‘पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने सुझाव दिएका छौं। तत्कालका लागि एउटै साझा कार्यक्रम बनाएर अघि बढिने बारे छलफल भएको छ,’ मध्यमार्गी भूमिका खेलिरहेका स्थायी समिति सदस्य कृष्णबहादुर महराले भने।

छलफलमा अध्यक्ष दाहाल पक्षधरबाट सचिव पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, उपाध्यक्ष वैद्य पक्षधरका महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेल, देव गुरूङ, र नेत्रविक्रम चन्द सहभागी थिए।

दुई पक्षबीचको भेटघाट लगत्तै दिउसो दाहालले आफू निकट स्थायी र पोलिटव्युरो सदस्यहरूसँग भेट गरेका थिए। साँझ दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भट्टराईसँग छलफल गरेका थिए। ‘किरणजीहरूले पनि उहाँभित्रका आफ्ना साथीहरूसँग छलफल गर्ने बताए पछि छलफल स्थगित भएको हो,’ सहभागी एक सदस्यले भने।

‘तत्काललाई कार्यदिशा मिल्न सक्दैन। कार्यक्रम र कार्ययोजना एउटै बनाएर जानेमा सहमति नजिक पुगिएको छ। कार्यक्रम र कार्ययाजना कार्यन्वयन गर्दा एक-आपसमा देखिएको अविश्वासको वातावरण कम हुने निश्कर्ष हो। यसले कार्यदिशामा बहस केन्द्रित हुन्छ,’ ती सदस्यले भने।

शान्ति र संविधान प्रधान वा संघर्ष भन्ने विषय अहिले माओवादीभित्रको मुख्य अन्तर्विरोध भएको ती सदस्यले बताए। शान्ति र संविधानका लागि माओवादीले पहल लिएकाले अहिले शासकीय स्वरूप निर्धाणमा कांग्रेस, एमाले एक ठाउँ भएको निश्कर्ष उनीहरूले निकालेका छन्।

‘प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति चयन हुनेबारे अनौपचारिक सहमति भइसकेको विषय हो। शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएर माओवादीलाई यही प्रणालीमा लिनुपर्छ भन्ने थियो। तर, अहिले शान्ति र संविधानको पहल माओवादीले लिएपछि कांग्रेस, एमाले पछि हट्यो भन्ने ठहर छ,’ दाहाल-वैद्यबीच छलफलमा उठेको प्रसंग उद्धृत गर्दै सहभागी सदस्यले भने।

दाहालले यो विषयमा पार्टी मिलेर बाहिर लड्ने कि पार्टीभित्रै लड्ने भनेर प्रश्न गरेका थिए। माओवादीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति चुनिने व्यवस्था नभएसम्म शान्ति प्रक्रिया अघि नबढ्ने अडान लिएको छ। वैद्य पक्षले सहमतिको संविधान कस्तो हुने भन्ने बारे जिज्ञासा राखेका थिए।

दाहालले संविधान सहमतीय हुने तर, माओवादी कमजोर, आत्मसर्मपण गरेर नजाने जवाफ दिएका थिए। ‘सम्झौताको संविधान बनाउँदा के गर्ने? अग्रगामी पहल लिनका लागि कसरी जाने बारे छलफल भयो। पुरानै ढंगले अन्य दलले अडान लिन्छन भने हामीले आत्मसर्मपण गर्दैनौं,’ दाहालले वैद्यलाई भने।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया