भक्तपुर – एमाले नेता के.पी ओलीले तीब्र संक्रमण र परिवर्तनबाट गुज्रिरहेको नेपाललाई दिगो शान्तिमा रुपान्तरण गर्न माओबादी लडाकु र हतियार ब्यबस्थापन मुख्य चुनौति भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता ओलीले माओवादी लडाकु र हतियार ब्यवस्थापन नगरी संविधान जारी गरे मुलुकमा हिंसा अन्त्य नहुने बताए।
माओबादीले सेना समायोजनमा ढिलाइ गरिरहेको उल्लेख गर्दै उनले माओवादीले जनतालाई भ्रममा राखेको बताए । सरकार गठन हुने बित्तिक्कै जनतामा भ्रम छरेर सस्तो प्रचारमा लागेको माओवादी नेतृत्वको बर्तमान सरकार असफल हुँदै गएको उनले बताए ।
‘सरकारलाई स्थापित गर्ने कामले हो, भ्रममा पारेर कति दिन टिक्न सकिन्छ, चार महिनामै सरकारको रंग झर्दै गएको छ,’ उनले भने ।
नेता ओलीले संकुचित धारणा बोक्ने पार्टीले राष्ट्रका समस्या समाधान गर्न नसक्ने बताउँदै जनतालाई सर्वोपरी राखेर गन्तब्य पहिल्याउनुपर्ने विचार ब्यक्त गरे।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार पुस २२, २०६८
प्रकाशित समय: १४:२१:५७