टोकियो – बिगतका बर्षहरुमाझै यस बर्षपनि तामाङ समाज जापानले आउँदो जनवरी २२ तारिख आइतवारका दिन तामाङहरुको महान चाड सोनाम ल्होछार तथा नयाँ बर्ष मनाउने भएको छ ।
आगामी जनवरी २६ का दिन नेपाल लगायत बिश्वभरि छरिएर रहेका तामाङहरुले भब्यरुपमा मनाउन लागिरहेको यस पर्वलाई जापानमा रहेका तामाङहरुले बिदाको दिन पारेर २२ तारिखका दिन मनाउन लागिएको उक्त समाजले जनाएको छ ।
टोकियो हाच्योबोरीस्थित हिमालयन मुन क्याफेमा दिवाभोजसहित शुभकामना आदान-प्रदान, विविध साँस्कृतिक कार्यक्रम, र्याफल चिठ्ठालगायतका कार्यक्रमसहित ल्होछार मनाउन लागिएको कुरा समाजका अध्यक्ष सुकमान थिङ तामाङले बताउनुभएको छ ।
अपरान्ह १२ बजेदेखि हुने उक्त ल्होछार कार्यक्रममा तामाङ भेषभूषामा उपस्थित भईदिन आयोजकहरुले समस्त तामाङ बन्धुहरुमा अनुरोध गरेका छन् ।
कार्यक्रम सम्बन्धि थप जानकारीका लागि आयोजक संस्थाको कार्यसमितिमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
कार्यक्रम हुने स्थान
Chou-Ku, Hachchobori 1-5-1 B1
Tel: 03-3553-6285
Mobile: 080-3216-5466 (Hawal Chandra Lama)
Subway Hachchobori St. 3 Min Walk
JR Yamanote Tokyo St. 10 Min Walk