Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौ – कुटनीतिक राहदानी दुरुपयोगको अभियोगमा फरार रहेका सभासद नारदमुनी रानाले तलब भत्ताको माग गर्दै संसद सचिबालयमा मञ्जुरीनामा सहित अर्को ब्यक्तिलाई पठाएका छन् । उनले कैलाली गेटा घर भई काठमाडौं बस्ने लिलाधर सापकोटाका छोरा जयराम सापकोटालाई मसिंर २६ गते मञ्जुरीनामा दिएका छन् ।
रानाको मञ्जुरीनामा लिएर पारिश्रामिक लिन पुगेका सापकोटालाई संसद सचिबालयले ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने भन्दै फिर्ता गरिदिएको छ ।
गत साउनमा राहदानी दुरुपयोगको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर मुद्दा लगाउने तयारी गर्दा गर्दै राना जिल्ला अदालत काठमाडौंबाट प्रहरीको आँखा छलेर फरार भएका थिए । त्यसपछि अख्तियारले राना बिरुद्ध मुद्दा दायर गर्न सकेको छैन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहदानी दुरुपयोग गरेको अभियोगमा रानालाई गत असारमा पक्राउ गरेको थियो । राहदानी ऐन २०२४ को दफा ५ को कसुर अन्तर्गत अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले त्यहि दिन उनलाई ९ हजार ५ सय रुपैंया धरौटीमा छाड्ने आदेश दिएपछि उनी प्रहरीको आँखा छल्दै भागेका थिए । त्यसपछि प्रहरी हात धोएर उनको पछि परेको थियो ।
अख्तियारले मुद्दा चलाएपछि सभासद पद स्वत निलम्बन हुने प्रावधान छ । तर यो मुद्दा अघि नबढेपछि उनी फरार रहेपनि सभासद् पद निलम्बन भएको छैन । राहदानी दुरुपयोगको अभियोग लागेका सभासद राना कानुनी रुपमा सभासद कै हैसियतमा छन् ।
एमालेबाट समानुपातिक तर्फका संविधानसभा सदस्य राना कैलालीका हुन् । उनले सभासद भएपछि बिभिन्न फरक फरक मितिमा परराष्ट्रबाट दुई वटा कुटनीतिक राहदानी लिएका छन् । उनले सन् २००८ अगष्टमा  ०१९९१७ नम्बरको राहदानी लिएका छन् । त्यसलाई २००९ सेप्टेम्बरमा त्यसलाई नबिकरण गराएका छन् । यस्तै सन् २०१० अक्टोबरमा ०२१२४४ नम्बरको अर्को कुटनीतिक राहदानी लिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया