Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – अघिल्ला वर्षहरु झै यसपालि पनि तमु धीं जापानले १७ औ ल्होसार पर्व (मुप्री ल्होसार) भव्यताका साथ मनाएको छ ।

टोकियोको सिन्जुकुस्थित युनिभर्सल सिटीहलमा आयोजित कार्यक्रममा नेपालबाट पाल्नुभएका चर्चित लोकदोहोरी तथा गुरुङ गायक धनबहादुर गुरुङको विशेष आकर्षण रहेको थियो भने साथमा स्थानिय कलाकारहरुको पनि बेजोडको साँगीतिक प्रस्तुती  रहेको थियो ।

नयाँ कार्यसमितिको चयन, शुभकामना मन्तव्य तथा साँस्कृतिक कार्यक्रम गरी बिभिन्न चरणमा बिभाजित कार्यक्रममा तमु धीं जापानका वरिष्ठ उपाध्यक्ष  भीम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने मन्तव्यको क्रममा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, आदिवासी जनजाती महासंघका अध्यक्ष ध्रुव भट्टचन, थकाली सेवा समितिका अध्यक्ष शरद गौचन र  नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष  बेलु थापाले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै यस्ता किसिमका कार्यक्रमले देश बाहिर रहेर पनि आफ्नो परम्परा, सँस्कृति, धर्म तथा जातजातिलाई जोगाईराख्न सकिने बिचार ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा बिगत धेरै लामो समयदेखि गायन क्षेत्रमा लाग्नुभएका पोखराका नमस्ते ब्याण्डका चर्चित गायक  ईश्वर गुरुङलाई सम्मान पत्रका साथ खादा लगाई सम्मान तथा शिघ्र स्वास्थ लाभको पनि कामना गरिएको थियो ।

कौडा नृत्य तथा गुरुङजातीको मौलिक नाचगानले कार्यक्रम निकै मनोरन्जनात्मक रहेको थियो ।  वर्षभरिको व्यस्ततालाई बिर्सी नयाँ वर्ष मनाउन आएका दर्शकहरु ल्होसारमा निकै रमेका थिए । कार्यक्रमको सञ्चालन तथा संयोजन ओम प्रकाश गुरुङ तथा कुमार गुरुङले गर्नुभएको थियो ।

ल्होसार समारोहमा तमु धी जापानको २०१२  का  लागि  हर्क गुरुङको अध्यक्ष्यतामा सर्बसम्मत गठित नयां कार्यसमितिको घोषणा पनि गरिएको थियो । जस अनुसार वरिष्ठ उपाध्यक्षमा  भिम गुरुङ, उपाध्यक्षद्वयमा श्री गुरुङ र  पदमबहादुर गुरुङ, महासचिवमा कुमार गुरुङ, सचिवमा विष्णु गुरुङ, कोषाध्यक्षमा खड्कसिंह गुरुङ र सह कोषाध्यक्षमा प्रकाश गुरुङ चयन हुनुभएको छ भने सदस्यहरुमा बुद्ध गुरुङ, युक्तमान गुरुङ, अनिला गुरुङ, अनिता गुरुङ, हिमाली गुरुङ, मनोज घले र कर्ण गुरुङ रहनुभएको छ ।

कार्यक्रमको अन्तमा, निवर्तमान अध्यक्ष याम गुरुङले आफ्नो २ वर्षे कार्यकाल सफल रहेको र आफूले चाहेर पनि अधुरा रहेका  कामहरु यस नयाँ कार्यसमितिले पूरा गर्ने छ भन्ने बिश्वाश ब्यक्त गर्दै सफ़लताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया