Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
  • ‘उहाँहरु (कांग्रेस-एमाले)ले बाहिर पो राजीनामा मागेजस्तो गर्नुभएको हो, आत्माले माग्नुभएको छैन ।’
विराटनगर- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गरेका छन् ।
पूर्वाञ्चलका विभिन्न कार्यक्रममा भाग लिन सोमबार साँझ यहाँ आएका प्रधानमन्त्रीले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आफ्नो नेतृत्वको सहमतिको सरकारका लागि कुर्न आग्रह गरे । ‘पख्नुस् मेरै नेतृत्वमा सहमितको सरकार बन्दैछ,’ प्रधानमन्त्रीले आत्मविश्वास प्रकट गरे ।
प्रधानमन्त्री भट्टराईले जेठ १४ अघि नै शान्ति र संविधानको कार्यभार पूरा गर्ने दाबी गर्दै त्यसयता राजीनामा नदिने संकेत गरे । ‘अध्यक्ष कमरेड प्रचण्ड, माधवजी र झलनाथजीको सरकारले गर्न नसकेको काम चार महिनामा सकेको छु,’ उनको भनाइ थियो, ‘त्यसैले पनि यसै सरकारलाई सहमतिको बनाउनुपर्ने आवश्यकता छ ।’
कांग्रेस-एमालेले राजीनामा माग गरिरहेकाबेला प्रधानमन्त्रीले भने ‘आत्माले’ राजीनामा नमागेको स्पष्ट पारे । ‘उहाँहरु -कांग्रेस-एमाले)ले बाहिर पो राजीनामा मागेजस्तो गर्नुभएको हो,’ प्रधानमन्त्रीको दलिल थियो, ‘आत्माले माग्नुभएको छैन ।’ उनले दुई ठूला दल पनि यसै सरकारलाई सहमतिको बनाउने कुरामा सैद्धान्तिक सहमत भएको दाबी गरे ।
पार्टी फुट्दैन
माओवादी उपाध्यक्षसमेत रहेका भट्टराईले माओवादी पार्टी नटुक्रने दाबी गरे । ‘जीवित पार्टीमा छलफल र बहस हुन्छन्,’ उपाध्यक्ष मोहन वैद्यलक्षित गर्दै उनले भने, ‘किरणजी -वैद्य)ले पनि कहाँ पार्टी नै फुटाउँछु भन्नुभएको छ र ? । तर विवादलाई सडकमा पोख्नु चाँही वैद्य पक्षको गल्ति भएको उनको संकेत थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया