Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले शान्ति प्रकृया टुंगो लागेपछि संविधान निर्माण हुनु अगाडी नै नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने बताउनुभएको छ ।
नेपाल पे्रस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै नेता रिजालले वर्तमान सरकारले संविधान निर्माण गर्न नसक्ने भएकोले शान्ति प्रकृया टुंगो लगेपछि संविधान निर्माणका लागी कांग्रेसले संयुक्त राष्ट्रिय सरकारको नेतृत्व गर्ने दावी गनुभएको हो ।
कांग्रेसले राष्ट्रिय सरकारको नेतृत्व गर्ने सहमती भएपछि कुन नेता प्रधानमन्त्री बन्ने नेपाली कांग्रेसको केन्द्रीय कमिटिले निर्णय लिने जानकारी दिंदै नेता रिजालले अहिले नै कुनै नेताले ओठेभक्ती देखाएर र आफुआफु विचमा बैमनश्यता सांधेर  प्रधानमन्त्री हुन्छु भन्दै हिंड्नु पार्टी हित विपरित भएको दावी गर्नुभयो ।
राजनैतिक दलहरुले सरकार बदल्ने भन्दा शान्ति प्रकृया टुंगो लगाउन प्राथमिकता दिनुपर्ने बताउंदै उहांले अहिलेको मुख्य काम शान्ति प्रकृया टुंगो लगाएर संविधान निर्माण गर्ने भएकोले दलहरुले त्यसलाई बिर्सेर अन्य साना विषय उठाएर खोंचे थाप्नु नहुने समेत उहांले जिकिर गर्नुभयो ।
माओवादीका कारण शान्ति र संविधान निर्माणको काम अल्मलीएको आरोप लगाउंदै उहांले  शान्ति प्रकृया अल्मल्याएर माओवादीले सत्तामा टिकिरहने प्रयास गर्नु नहुने बताउनुभयो ।
माओवादी शिविरमा भारतीय नागरिक समेत रहेको सार्वजनिक भएको विषयमा सेना समायोजन विषेश समिति सदस्य समेत रहनु भएका नेता रिजालले सहमतीको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता दिएर सेनामा समायोजन गर्न नसकिने ठोकुवा गर्नुभयो ।
माओवादीले लाज छोपेर शिविरवाट भारतीय नागरिकलाई विदा गर्नुपर्ने उल्लेख गर्दै  उहांले भारतीय नागरिक माओवादी शिविरमा रहेको विषयमा विषेश समितिमा कुरा उठाउनाको साथै समितिले त्यसको छानविन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया