Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – नेपाली जनसम्पर्क समिति कान्तो क्षेत्रीय समितिद्वारा आयोजित शुभकामना साँझ २०१२ तथा सम्मान समारोह शनिबार टोकियोको ओकायामास्थित सिद्धार्थ रेष्टुरेन्टमा भव्य रुपमा सम्पन्न भएको छ ।

सो समारोहमा नेपाली जनसम्पर्क समिति जापानका संस्थापक अध्यक्ष विश्वनाथ शर्मा, पूर्वअध्यक्ष महेश कुमार श्रेष्ठ, कृष्ण सुवेदी, एनआरएन जापानका निवर्तमान अध्यक्ष लालबहादुर केसी (रोशन), एनआरएन आईसीसी सदस्य डा. सुदिप अधिकारीलाई उहाँहरुले पुर्‍याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरुलाई नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पासाङ शेर्पाले ढाका टोपी लगाई दिनुका साथै खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरुले नेपाली जनसम्पर्क समिति कान्तोले गरेको सह्रानीय कार्यको प्रशंसा गर्दै बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको व्याख्या समेत गर्नुभएको थियो ।

जनसम्पर्क समिति कान्तोका अध्यक्ष यमलाल कँडेलको सभापतित्वमा सचिव भण्डारीले संचालन गर्नुभएको सो कार्यक्रममा जनसम्पर्क समितिका केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष पासाङ शेर्पाले टोष्ट प्रस्ताव (जलपान कार्यक्रम) को समेत उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा युवराज आचार्य, रामकृष्ण बम मल्ल, भगवती उप्रेती, ऋषि पौडेल लगायतका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । साँस्कृतिक कार्यक्रम बेलुकी ८ बजेदेखि रातको १२ बजेसम्म संचालन भएको थियो ।

साँस्कृतिक कार्यक्रमका मुख्य आकर्षण लोकगायक युवराज आचार्य रहेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया