Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – जापानबाट नेपालमा पैसा पठाउँदै आएको रेमिटेन्स कम्पनी जापान मनी एक्सप्रेस (जेएमई) ले नयाँ वर्ष २०१२ को अवसरमा विभिन्न नयाँ योजनाहरु ल्याएको छ ।

जेएमईका प्रमुख कार्यकारी निर्देशक डिपि अर्यालद्वारा नयाँ वर्ष २०१२ को हार्दिक मंगलमय शुभ-कामना व्यक्त सहित जारी गरिएको विज्ञप्तिका अनुसार आफ्ना ग्राहकहरुको सुबिधाका लागि सन् २०१२ बर्षभरि नै लागु हुनेगरी जेएमईको ग्राहकबनी रकम पठाउनुहुने हरेकलाई जापानबाट नेपाल फर्कँदा काठमाडौ त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलबाट १५ किलोमिटरभित्र निःशुल्क रुपमा पिकअप (कार) सुबिधा दिने हालसम्मकै नौलो र फरक योजना ल्याएको छ ।

यो यो सुबिधा प्राप्त गर्नका लागि जेएमईका कुनैपनि ग्राहकले जापानबाट नेपाल फर्कनुपुर्ब नै जेएमईको टोक्योस्थित कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । सोही सुचनालाई आधारमानी जेएमईका कर्मचारी आफ्नो ग्राहकको स्वागतार्थ बिमानस्थलमा उपस्थित भई ग्राहकलाई गन्तब्यसम्म निःशुल्क रुपमा पुर्‍याइदिने व्यवस्था गर्नेछन् । यो सुबिधा ३६५ दिन २४ सै घण्टा उपलब्ध हुनेछ भने १५ किलोमिटर भन्दा बढीको हकमा चाहिँ ग्राहक र जेएमईका कर्मचारीको आपसी समझदारीमा मुल्य निर्धारण गर्न सकिनेछ ।

त्यसैगरी ग्राहकहरुको सुबिधाका लागि टोक्योको सिनओकुबोमा ‘बाराही फुडस’, हाइजिमामा ‘हाईजिमा हलालफुड्स’ र कामातामा ‘एसिएन बजार’ लाई आफ्नो एजेन्सी नियुक्त गरिएको छ । ग्राहकहरुले उक्त एजेन्सीबाट फाराम प्राप्त गर्नुका साथै नगद जम्मा गर्ने सुबिधा समेत पाउनेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया