Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025
बुटवल- माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेबाट विकल्प आएमात्रै जनसत्ताका निर्णयलाई वैधानिकता दिने सरकारी निर्णय फिर्ता लिन सकिने बताएका छन् ।  ‘विकल्प नभई सरकारले गरेको निर्णय फिर्ता हुन सक्दैन,’ उनले भने । जनसत्ताका निर्णयको विरोधमा संसद बैठक अवरुद्ध गर्दै आएका कांग्रेस-एमालेसहितका दलले किसानका समस्या सम्बोधन गर्ने उपाय दिए सरकारले गरेको निर्णय फिर्ता हुने दाहालले बताए ।
पार्टीको अवध मधेस राज्य समिति र प्रवास राज्यस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल आएका दाहालले पत्रकारहरूसँग विगतका समस्या समाधानका लागि सरकारको निर्णय अपरिहार्य भएको जिकिर गरे । उनले सरकारको निर्णय स्वाभाविक भन्दै बचाउसमेत गरे ।
सरकारले द्वन्द्वकालमा माओवादी जनसत्ताले गरेका निर्णयलाई वैधानिकता दिने निर्णय गरेपछि कांग्रेस, एमालेलगायतका प्रतिपक्षी विरोधमा उत्रिएका छन् ।
दाहालले भने निर्णय फिर्ता नहुने संकेत गरेका छन् । ‘यो माओवादीको मात्र नभई कांग्रेस-एमाले र आम किसानको समस्या हो, किसानका समस्या सम्बोधन गर्ने विकल्प दिए मात्र निर्णय फिर्ता हुन्छ,’ दाहालले पटकपटक दोहोर्‍याए ।
उनले स्वेच्छिक अवकाश रोजेका लडाकु मंगलबारदेखि फिर्ता हुने र त्यसपछि समायोजन र पुनर्स्थापना काम अघि बढ्ने बताए । शान्ति प्रक्रिया अगाडि बढेपछि राष्ट्रिय सरकार गठनको प्रस्ताव आफूले कांग्रेस-एमालेसँग राखेको उनले बताए । उनले राष्ट्रिय सरकारको नेतृत्वबारे छलफल गर्न सकिने र सहमति भए जुनसुकै पार्टी र नेताको नेतृत्व हुने बताए ।
राष्ट्रिय सरकारको नेतृत्व माओवादीले गर्ने अवसर पाए बाबुराम भट्टराईकै नेतृत्वमा गठन हुने उनले दोहोर्‍याए । सोही कार्यक्रममा सहभागी माओवादी उपाध्यक्ष मोहन वैद्यले भने राष्टिय सरकारको नेतृत्व पाए पार्टीमा छलफल हुने बताए । “पार्टीमा अब राष्ट्रिय सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे छलफल हुन्छ, भट्टराईको नेतृत्वबारे सहमति भएको छैन,’ उनले भने ।
भट्टराई नेतृत्वको वर्तमान सरकारलाई आलोचनात्मक समर्थन रहेको बताएका वैद्यले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने मान्यतामा अडिग रहेको बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया