Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025
वाशिङटन डिसी- उत्तर अमेरिकामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था एशोसिएसन अफ नेप्लिज इन अमेरिकाज् (एएनए) को डि.सी.मा सम्पन्न २९औं सम्मेलनलाई भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने स्वयंसेवकहरुले सम्मानमा इर्डन, भर्जिनियामा एक सम्मान कार्यक्रमको आयोजना गरियो ।
एएनए २९औं सम्मेलन आयोजक मूल समितिद्वारा आयोजना गरिएको सो समरोहमा प्रमुख अतिथि राजदूत डा. शंकर शर्माले अहिलेको समयको कुटनीतिक नागरिक स्तरबाट हुने भएकोले यसमा एएनए जस्ता सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण रहने कुरा बताउनु भयो ।  डा. शर्माले सो समारोहमा एएनएको २९औं सम्मेलन सफल बनाउन तन, मन र धनले सहयोग गर्दै स्वयंसेवकहरुलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।
सो समारोहमा सम्मेलन सफलताको लागि सहयोग गर्ने स्थानीय संचार माध्यमहरु सगरमाथा टेलिभिजन, नेपाल मिडिया क्याफे, रेडियो दोभान, नेपाली पोष्ट, नेपाल होराइजन्स, विश्व परिक्रममा, ग्लोभ नेपाल, नेपाल मदर, नेपाली समाज डट कम लगायतलाई विशेष धन्यवाद दिइएको थियो भने २९औं एएनए उत्कृष्ट पत्रकारिता पुरस्कारबाट डिसी नेपाल डटकमलाई सम्मान गरिएको थियो ।
स्वयंसेवक समितिका संयोजक विजय थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा २९औं एएनए सम्मेलन संयोजन समितिका संयोजक हेमन्त श्रेष्ठले सबै सहयोगी व्यक्ति तथा संस्थाहरुलाई औपचारिक रुपमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । पूर्व अध्यक्ष सिमोन ढुंगानाले एएनए संस्था संचालनलाई लिएर अदालतमा परेको मुद्दा कानूनी रुपले नै परास्त भइसकेकोले अब सबै एकजुट भएर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले केही एएनएका दिग्जहरुले मुद्दा हालेर आफ्नै संस्थाको विरुद्धमा काम गरेकोले सहज रुपमा आफूले संस्थाको काम गर्न नसकेको बताउँदै अव चांडै नै करीव उक लाख डलर बराबरको नेपाली समुदाय आकस्मिक सहयाग कोष खडा गर्न लागिएको, नेपालको ग्रामीण क्षेत्रको विकासमा सहयोग पुर्‍याउने योजना तैयार भइरहेको, जोखिममा रहेका नेपाली पत्रकारहरुलाई एक हजार डलर बराबरको पुरस्कार स्थापना गर्न लागिएको जानकारी दिनु भयो ।
सो सम्मेलन आयोजक समितिको तर्फबाट गुणराज लुइटेलका अनुसार एएनएका पूर्व अध्यक्ष डा. श्याम कार्कीले अब फेरि पनि एएनएमा एकताको विकल्प नभएकोले सबैले पुराना कुरालाई विर्सेर समाजको सेवामा लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया