Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025
काठमाडौं- जनयुद्धमा माओवादीले सञ्चालन गरेको ‘जनसत्ता’ले गरेका घरजग्गा कारोबारका निर्णयलाई सरकारले मान्यता दिएपछि रिसाएका विपक्षी दललाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वार्ताको टेबुलमा ल्याइछाडे ।
‘जनसत्ता’ले गरेका घरजग्गा कारोबारका निर्णयलाई खारेज नगरेसम्म माओवादीसाग वार्ता नै नगर्ने अडानमा रहेका कांग्रेस-एमालेलाई प्रधानमन्त्रीले टेलिफोन र भेट गरेरै भए पनि सहमतिमा ल्याइछाडे । ‘हाम्रा नेता त्यतिछिटो पग्लिहाल्छन् भन्ने लागेको थिएन,’ कांग्रेसका एक नेताले भने ।
‘जनसत्ता’ले गरेका घरजग्गा कारोबारका निर्णयलाई तत्काल कार्यान्वयन नगर्नु भन्ने सर्वोच्चको अन्तरिम आदेशपछि प्रधानमन्त्रीलाई पनि सहमतिको प्रयास थाल्न सजिलो भएको थियो । उनले सर्वोच्चले भनिसकेको अवस्थामा तत्काल अगाडि नबढाउने बताउादै वार्तामा बोलाएका थिए ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले दलहरुलाई सहमतिमा ल्याएर शान्ति प्रक्रिया अगाडि बढाउन तीन दिनसम्म ‘होमवर्क’ गरेको जानकारी दिए । ‘अन्ततः उहा सफल हुनुभयो,’ उनले भने ।
प्रधानमन्त्रीकै पहलमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा सोमबार सााझ शीर्ष नेताहरुबीच करिव दुई घण्टा वार्ता भएको थियो । ‘अब सवै बसेर वार्ताबाटै समस्या समाधान गर्ने निर्णयमा पुगेका छौं,’ बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया