Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – ओसाकामा कुटपिटबाट मृत्युभएका विष्णु धमलाप्रति नेपाली जनसम्पर्क समिति क्षेत्रीय कमिटी ओसाकाले विज्ञप्ति जारि गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

क्षेत्रीय कमिटीका अध्यक्ष हरि कँडेल र सचिब कृष्ण शर्मा गैरेद्धारा प्रेषित विज्ञप्तिमा भनिएको छ – “यही जनवरी १६ सोमबारका दिन जापानको ओसाकामा रेस्टुराँ ब्यवसाय सञ्चालन गर्दै आएका नेपाली नागरिक बिष्णु धमलालाई केही जापानी नागरिकहरुले सांघातिक हमला गरि अति क्रुर र अमानवीय तबरले कुटपिट गरि निर्मम हत्या गरेको हुदा उक्त घटनाको घोर भत्सना गर्दै मृतक आत्मको चिर शान्तिको कामना गर्दछौ साथै यस दुखद घडिमा शोकाकुल परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनि इश्वरसँग प्रार्थना गर्दै नेपाली जनसम्पर्क समिती क्षेत्रीय कमिटि ओसाका हार्दिक भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौ । बिगतका केहि बर्ष यतादेखि जापानमा बसोबास गर्ने नेपालीहरु माथि यस्तै केहि अमानवीय कार्यहरुका साथै नेपालीहरुलाई त्रषित तथा भयबित बनाउने उच्छृङ्खल कार्यहरु हुँदै आएको हुँदा यस्ता कार्यहरु छिटो भन्दा छिटो रोक्ने पहल गर्न सम्बन्धित निकायलाई अपिल गर्दै जापानबासी नेपालीहरुलाई समेत आफु सचेत हुन र सुरक्षित तबरले रहन हार्दिक अनुरोध गर्दछौ ।”

“उक्त घटनामा संलग्न हत्याराहरुलाई कडा भन्दा कडा कारबाहिको माग गर्दै पीडित पक्षलाई उचित राहत दिलाईयोस् भनि माग गर्दै दिन रात नभनि सहयोगमा खटिनु भएका सम्पुर्ण नेपाली मित्रहरुलाई धन्यबाद दिँदै मृतकको शबलाई नेपाल पठाउने कार्यमा जापानमा बसोबास गरिरहेका नेपालीहरुको एक्यबद्दता तथा सहयोगको साथसाथै नेपाली राजदुताबासबाट सकारात्मक पहल भएकोमा उहाँहरुप्रति नेपाली जनसम्पर्क समिती जापान आभार प्रकट गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया