Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – लामो समय जापानमा बसेर नेपाल फर्केका समाजसेवी गोपाल भट्टचनको गत जनवरी १६ तारिख सोमबारका दिन राजधानी काठमाडौंमा हृदयघात बन्द भई ५१ बर्षको उमेरमा असामयिक निधन भएको छ । स्व. भट्टचन थकाली सेवा समिति जापानमा लामो समयदेखि संलग्न रहँदै पछिल्लो समयमा उपाध्यक्ष पदमा रहेर कार्यभार सम्हाल्नुभएको थियो ।

मुस्ताङ जिल्लाको थाकखोला क्षेत्रस्थित खन्तीमा जन्मनुभई हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएका स्व. भट्टचन जापानको १७ बर्षे लामो बसाईलाई बिट् मार्दै अघिल्लो बर्ष नेपाल फ़र्कनुभएको थियो । नेपाल फर्केको १५ महिनापछि उहाँको दुखद निधन भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ । स्व. भट्टचनका श्रीमती २ छोरा र १ छोरी छन् ।

स्व. भट्टचनको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्न आज जापानमा रहनुभएका उहाँका दाजुभाई, आफन्तजन तथा इष्टमित्रहरु भेला भई थकाली सँस्कारअनुसार कावासाकीमा बत्ति बाल्ने कार्यक्रम भईरहेको पारिवारिक श्रोतले जनाएको छ ।

सरल, मृदुभाषी एवं सहयोगी स्वभावका स्वर्गीय भट्टचन जापानको नेपाली कम्युनिटीमा चिरपरिचित समाजसेवी ब्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनबाट नेपाली समाजले एक परिपक्क्व, अनुभवी र लगनशील अभिभावक गुमाएको छ, उहाँप्रति श्रद्धासुमन, परिवारजनमा समवेदना । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया