Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025
काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको स्पाइनल कर्डको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यहि माघ २ गते स्वास्थ्य उपचारका लागि जापान जानुभएका मन्त्री श्रेष्ठको विहिवार जापानको होक्काइडो विश्वविद्यालय अस्पतालमा शल्यक्रिया गरिएको हो । सोही अस्पतालका स्पाइनल सर्जन डा. एबियूमीको नेतृत्वमा सवा ३ घण्टाको प्रयत्नपछि शल्यक्रिया भएको मन्त्रालय स्रोतले जनाएको छ ।
डेढ घण्टामा शल्यक्रिया सम्पन्न हुने अनुमान गरिएकोमा उहाँको शल्यक्रिया पेटीकल स्क्रीन कस्ने कार्य निकै कठिन भएकाले सवा ३ घण्टा लागेको उपचारमा संलग्न चिकित्सकहरुले नेपाली डाक्टर सुरज बज्राचार्य र डा.महेश मास्केलाई जानकारी गराएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्री श्रेष्ठको दिमागबाट ढाडमा गएको नसा च्यापिएर लामो समय देखि उहाँ टाउको दुख्ने र हात झमझमाउने समस्याबट ग्रसित हुनुहुन्थ्यो । उहाँको नेपालका वीर अस्पताल त्रिवि शिक्षण अस्पताल महाराजगंज लगायतमा परिक्षण गराउँदा चिकित्सककै सल्लाह अनुसार सिंगापुर, दिल्लीमा थप उपचारका लागि जानुभएको थियो ।
चिकित्सकहरुकै सल्लाहअनुसार पछिल्लो पटक मन्त्री श्रेष्ठ विशेष स्पाइनल अस्पतालमा नै उपचार गराउन जापान जानुभएको थियो ।
मन्त्री श्रेष्ठको ब्रेनबाट ढाडमा गएको नसा लामो समय देखि च्यापिएर बसेका कारण जटिल किसिमको ४ वटा शल्यक्रिया एकै पटक गरिए पनि सफल भएको र स्वास्थ्य स्थिति सुधारोन्मुख हुँदै गएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया