Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025
तिनाउले नबगाएको पार्टीको फोहोर बग्यो
झापा– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकिकृत माओवादीले झिकेका नयाँ नयाँ बखेडाहरुका कारण संक्रमणकाल लम्बिरहेको आरोप लगाउनुभएको छ ।
एमाले मेची अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न  झापाको धुलाबारी पुग्नुभएका अध्यक्ष खनालले कार्तिक १५ गते भएको सात बुँदे सहमति विपरीत समायोजनमा जाने लडाकुहरुको संख्याको किचलो झिकेर  माओबादीले शान्ति प्रक्रियामा संकट उत्पन्न गराएको दाबी गर्नुभयो ।
अध्यक्ष खनालले माओवादीको चाहानाले सहमति बिपरीत समायोजनमा जाने लडाकुहरुको संख्यामा पुनर्बिचार हुन नसक्ने दाबी गर्नुभयो । उहाँले माओबादीको एकल चाहानाले मात्रै संक्रमणकाल लम्बिन नसक्ने बताउनुभयो ।
खनालले थपिएको समयमा नयाँ संपिधान नबने मुलुकमा अप्ठेरो स्थिति सिर्जना हुने शंका गर्नुभयो । बिगतका सहमतीहरु स्मरण गराउँदै अध्यक्ष खनालले सहमतिलाई तोडेर माओबादीले बाटो बिराएको दाबि गर्नुभयो ।
उहाँले प्रतिपक्ष दलहरुलाई समेत सहमत गराएर शान्ती प्रक्रिया टुङ्ग्याउतिर लाग्न माओबादीलाई सुझाब दिनुभयो । शासकिय स्वरुपका सम्बन्धमा एमाले प्रत्यक्ष निर्बाचीत प्रधानमन्त्रीको पक्षमा अडीग रहेको बताउनुभयो ।
पार्टी एकताले राट्रिय राजनीतिलाई सकरात्मक सन्देश दिएको भन्दै खनालले आठौं महाधिबेशनमा तिनाउ नदीले बगाउन नसकेको पार्टीभित्रको फोहोर पूर्वका तीन नदीले बगाएको उदघोष गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया